जलेश्वर, असार १५ गते ।
नेपाल पत्रकार महासंघ महाेतरी शाखामा संयुक्त रुपमा तालाबन्दी गरिएकाे छ । नेपाल पत्रकार महासंघ केन्द्रीय समिति तथा निर्वाचन समितिले लोकतन्त्रको मूल्य मान्यतालाई अवमूल्यन गर्दै निर्वाचनको गतिविधि अगाडि बढाएको विरोधमा महोत्तरी शाखामा प्रेस युनियन र प्रेस मञ्चले शनिबार संयुक्त रुपमा तालाबन्दी गरेकाे छ ।
नेपाल प्रेस युनियन महाेतरी शाखाका अध्यक्ष सन्ताेष कुमार सिह र प्रेस मञ्च महाेतरीका अध्यक्ष नागेन्द्र यादवले संयुक्त वक्तव्य जारी गर्दै जिल्ला शाखामा तालाबन्दी गरेकाे हाे ।
विधि, प्रकृया विपरित सार्वजनिक गरिएको नामावली खारेज गर्नु पर्ने, जिल्ला र प्रदेशबाट सिफारिस भएको बाहेक र जथाभावी रुपमा स्थानान्तरण गरिएका सदस्यता खारेज गर्नु पर्ने, नविकरण छुटेका साथीहरुको सदस्यता कायम गर्नु पर्ने माग गर्दै तालाबन्दी गरिएकाे नेपाल प्रेस युनियन महाेतरीका अध्यक्ष सन्ताेष सिहले बताए ।
विधान र प्रकृया पुर्याएर मात्र निर्वाचन घोषणार र नेपाल पत्रकार महासंघले शुद्धिकरणको नाममा मधेशी पत्रकारहरुलाई सदस्यताबाट वञ्चित गर्ने षडयन्त्र बन्द नगरे सम्म तालाबन्दी जारी रहने सिहले बताए ।

