जलेश्वर, असार १७ गते ।
महाेत्तरीकाे जलेश्वर नगरपालिका १३ औं नगरसभा मा ६९ करोड ८१ लाख ९२ हजार बराबरको बजेट प्रस्तुत गरेका छन् । सोमबार महोत्तरी जिल्ला समन्वय समितिको सभा हलमा पहिलो पट्क भव्य कार्यक्रमकाे आयोजना गरि १३ औं नगरसभाबाट पालिकाले ६९ करोड ८१ लाख ९२ हजार ५ सय बराबर बजेट सार्वजनिक गरेको छन् ।
जलेश्वर नगरपालिका वडा नं ९का वडा अध्यक्ष एँम कार्यवाहक मेयर यादवले निति तथा बजेट कार्यक्रम प्रस्तुत गर्दै अबको बजेट कृषिमा आत्म निर्भरता ,पूर्वधार निर्माण, सामाजिक सुरक्षामा सहज पहुँच, संचस्र तथा प्रविधि, उद्यमशिलता विकास र आन्तरिक रोजगारी अभिवृद्धि, गरीबी न्यूनीकरण ,दिगो विकास तथा पर्यावरण संरक्षण र सुशासनको प्रत्याभुति, स्वास्थ्य तथा शिक्षालाई प्राथमिकता राखेर नै बजेट विनियोजन गरेको बताएका थिए ।