
पवन प्रसाद साह
बिरगंज, असार २० गते ।
अनलाइन न्युज पत्रिका द्वारा गहवा माई रथ यात्राको लागि ४० वटा टि- सर्ट सहयोग गरेको छ । अनलाइन न्युज दैनिक प्रतिनिधि राहुल कुमार गुप्ताले गहवा माई रथ यात्राको संयोजकलाई हस्तान्तण गरेको हो ।
यहि आउने अषाढ २३गते आईतबारका दिन श्री गहवामाई रथयात्राको परिक्रमा गहवामाई मंदिरको प्रांगणबाट सुरु हुँदै घण्टाघर, रेलवे रोड, अमर चौक, छपकैया चौक, बिर्ता चौक, आदर्शनगर चौक, महाविर स्थान हुदै पुन : श्री गहवामाईको प्रांगणमा आउने छ ।
यस रथ यात्राका संयोजकले कुराकानी गर्दै भने आ-आफनो अमूल्य समय दिइ रथ यात्रामा सहयोग तथा सहभागि हुन सम्पूर्ण नगरवासी तथा देशवासीलाई हार्दिक अनुरोध गरेका हुन ।