गाैशाला, असार २१ गते ।
महाेत्तरीकाे गाैशालामा वर्षाले घर भत्किएर घाइते भएका परिवारलाई राहत वडा कार्यालय र रेडक्रसले राहत उपलब्ध गराएको छ । अविरल वर्षाका कारण घर भत्किएर बासस्थान गुमाएका एक परिवार लाई गौशाला नगरपालिका वडा -३ का अध्यक्ष र नेपाल रेडक्रस सोसाइटी गौशाला उपशाखा मार्फत राहत उपलव्ध गराइएको हो ।
सोमबार अविरल वर्षाका कारण गौशाला नगरपालिका – ३ नवराजपुर निवासी लक्ष्मण महतो आफ्नो घर भित्र श्रीमान र श्रीमती सुतिरहेको बेला मंगलवार बिहान करिब ३ बजेको समयमा घर भत्किँदा दुबै जना घाईतेका थिए । महतोको घर पूर्ण क्षति हुँदा उनि आवासविहीन बनेका छन् ।
शिरीष न्युज र खबर दर्पण पत्रिकामा प्रकाशित समाचार पछि नेपाल रेडक्रस सोसाइटी गौशाला उपशाखाको ध्यानाकर्षण भएर राहत उपलब्ध गराएको सभापति दिनेश महतोले जनाए । महतोलाई तत्कालको लागि त्रिपाल, भाँडाकुँडा उपलव्ध गराइएको छ। यता पीडित महतोलाई वडा अध्यक्ष बिरेन्द्र चौधरीले आफ्नो व्यक्ति गत रकमबाट चामल, दाल, खाने तेल, कपडा, मुरही, चुरा, साबुन उपलब्ध गराएको छ । वडा अध्यक्ष चौधरीले पिडित महतोलाई तत्कालको लागि सामुदायिक भवनमा आश्रयको बन्दोबस्त मिलाई दिएका छन् । उनको आवास निर्माण नभएसम्म वडा अध्यक्ष चौधरीले सोहि सामुदायिक भवनमा आश्रय दिने बताए ।
पिडितका परिवारमा श्रीमान र श्रीमती मात्र रहेको छ।वडा अध्यक्ष चौधरीले नगर पालिकामा पिडितको घर बनाउनका लागि पहल गरेको बताए।महतो गरिब विपन्न व्यक्ति हुन् । कुनै सन्तान समेत नरहेको महतोको नगरपालिका, वडा कार्यालयसहित अन्य दाताको सहयोगमा घर बनाइदिने प्रतिबद्धता पनि वडा अध्यक्ष चौधरीले गरेका छन् ।