जनकपुरधाम, असार २१ गते ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले विश्वासको मत पाएका छन् । शनिबार बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री सिंहले विश्वासको मत पाएका हुन् ।
सिंहले मागेको विश्वासको पक्षमा ६७ सांसदले समर्थन दिएका छन् भने विपक्षमा ३४ जना सांसदले मतदान गरेका छन् । शनिबारको बैठकमा १०१ सांसद उपस्थित थिए ।
मुख्यमन्त्री सिंहलाई नेकपा एमाले, नेपाली कांग्रेससहित उनको दल जनमत, लोसपा, नागरिक उन्मुक्ति पार्टीका सांसदले विश्वासको मत दिए ।
कुल १०७ जना सांसद रहेको मधेश प्रदेशमा सरकार निर्माण गर्न ५४ जना सांसदको मत चाहिन्छ ।