तनहुँ, असार २३ गते ।
तनहुँ र पर्वतमा पहिरोमा परी बेपत्ता भएका चारजनाको शव भेटिएको छ ।
तनहुँको शुक्लागण्डकी नगरपालिका–७ काउरेमा हिजो दिउँसो पहिरोले हिरा नेपालीको घर पुर्दा उनीसहित तीन जना पहिरोमा पुरिएका थिए ।
हिराको शव हिजो बेलुका नै फेला परेको थियो । आज ३६ वर्षिया अनिशा बास्तोला र ६५ वर्षिय श्याम भण्डारीको शव फेला परेको प्रहरीले जनाएको छ । हिरा नेपाली र सुनमाया कुमालको घरभित्र रहेको सामान निकाल्ने क्रममा छिमेकी बास्तोला र भण्डारी पनि पहिरोमा पुरिएका थिए ।
त्यस्तै पर्वतको फलेवास नगरपालिका–१ कार्कीनेटामा शनिबार दिउँसो आएको पहिरोमा परी बेपत्ता भएका ४० वर्षीय झलक पौडेल र ३३ वर्षीय तुलसीराम पौडेल बेपत्ता भएका थिए । तुलसीराम झलकका साथी हुन् । साथीकहाँ गएको बेलामा उनी पहिरोमा परेका हुन् ।