https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

राजेन्द्र विश्वकर्मा
बरहथवा, असार २३ गते ।
सर्लाहीमा मोटरसाइकलको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ।

मृत्यु हुनेमा जिल्लाको हरिपुर नगरपालिका–१, जानकीनगरका ३८ वर्षीय इन्द्रहरि पोखरेल रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शनिबार साँझ उनकै गाउँस्थित सडकमा बरहथवातिर जाँदै गरेको ज ८ प ६८८९ नम्वरको मोटरसाइकलले उनलाई ठक्कर दिएको थियो ।

मोटरसाईकलको ठक्करबाट गम्भीर घाईते भएका पोखरेललाई उपचारका लागि हरिवनमा लगिएकामा त्यहाँ समान्य उपचार गरेर थप उपचारका लागि बिरगंज लिंदै गर्दा बाटोमै (रौतहटको चन्द्रनिगाहपुरमा) मृत्यु भएको हो ।

अहिले मृतक पोखरेलको शव पोस्टमार्टमका लागि रौतहटको चन्द्रनिगाहपुरमा राखिएको छ । प्रहरीले पोखरेललाई ठक्कर दिने मोटरसाईकल र मोटरसाईकलका चालकलाई पक्राउ गरेर घटनाका सम्बन्धमा थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार