https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला : महोत्तरीकाे औरही नगरपालिकाको वडा नम्बर २ को वडा कार्यालयमा सोही वडाका निर्वाचित चार जना वडा सदस्यले तालाबन्दी गरेको छ । वडा कार्यालयको बजेट उपभोक्ता समितिद्वारा माटाेको काम महेश यादव, ग्रेभलको काम बिनेश यादव र ढलानको काम नवीन राउतले गरेको थियो । तीन ओटै काम करिब २८ लाख बराबरमा सम्पन्न गरिएको छ ।

सोमवार असार मसान्तको अन्तिम दिन वडा अध्यक्ष दरेश यादव लाई कार्य सप्पन्न गरेको फाईलमा सहि गर्न भने पछि वडा अध्यक्ष यादवले २०% नगद दिएपछि मात्र सहि गर्छु भने पछि वडा सदस्य संजय यादवको नेतृत्वमा चार ओटै वडा सदस्यले वडा कार्यालयमा तालाबन्दी गरेका हुन्।तीन वटा काम छुट्टाछुट्टै उपभोक्ता समितिकाद्वारा भएको थियो ।

यस मध्य एक जना उपभोक्ता समितिका अध्यक्ष बिनेश यादवले आफूहरुले ऋण लिएर जनताको काम गरेको र वडाअध्यक्षलाई हामी किन कमिशन दिने भनेर वडा सदस्यहरुलाई सुनाए पछि वडा सदस्यहरुले आक्रोशमा तालाबन्दी गरेका हुन्।यति मात्र हैन केहि दिन अगाडि सोही वडामा पर्ने चेपकट गाउँमा बस्ने गने ढहालले नाता प्रमाणित नागरिकता गर्न जादा वडा अध्यक्ष यादवले ७ हजार लिएर सिफारिस दिएकोको गुनासो गरेका थिए ।

वडा अध्यक्ष यादवले वडा कार्यालयबाट हुने काम सिफारिस, नाता प्रमाणितकाे सिफारिस, तमसुक दर्ता लगायत अन्य काम काजमा पनि वडा अध्यक्षले कमिशन माग्ने र लिने गरेको आरोप वडा सदस्य संजय यादवले लगाए ।

तालाबन्दी भएको विषयमा वडा अध्यक्ष यादव संग फोन सम्पर्क गर्दा फोन उठाएन।यस सम्बन्धमा नगर प्रमुख प्रदीप कुमार खडकाले भने, `हामीलाई जनताले निर्वाचित गराएको हो । हामी जनताको मन कसरी जित्ने र जनताको काम कसरी गर्ने भनेर जनप्रतिनिधिहरुले सोचेर काम गर्नु पर्छ ।´ उनले वडाकाे काम वडा समितिले नै गर्ने हाे , नगरले हस्तक्षेप गर्न नमिल्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार