गाैशाला, असार २७ गते ।
महाेत्तरीकाे जलेश्वर नगरपालिका वडा नं. २ स्थित जिल्ला समन्वय समितिको सभाहलमा ७ औं जिल्ला सभा २०८१ कार्यक्रम सम्पन्न गरिएको छ । बुधबार जिल्ला समन्वय समितिको आयोजनामा जि .स .स. का सभापति सुमन लाल कर्णको अध्यक्षतामा ७ औं जिल्ला सभा २०८१ कार्यक्रम सम्पन्न गरिएको हाे ।
कार्यक्रम प्रमुख जिल्ला अधिकारी शिबराम गेलालकाे प्रमुख अतिथि, विशिष्ट अतिथी जि.स.स.का उपसभापति नन्दु महरा, स. जि .अ श्री उपेन्द्र न्युपाने, प्रसशस्त्र प्रहरी उपरीक्षक बिनोद केसि, जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी नकुल पोख्रेल,
उप.अनु .नि. सुदिप अधिकारी, मटिहानी नगरपालिका नगर प्रमुख हरि मंडल, गौशाला नगरपालिका प्रमुख डा. दीपेन्द्र महतो,
मनरा शिसवा नगरपालिका नगर प्रमुख मोहन पाणडे, पिपरा गाउँपालिका अध्यक्ष राम जानकी यादव, एकडारा गाउँपालिका अध्यक्ष दीप नारायणन मंडल, महोत्तरी गाउँपालिका अध्यक्ष दिलीप पाणडे, बलवा नगरपालिका मेयर राम विजय महतो
औरही नगरपालिका नगर प्रमुख प्रदिप कुमार खड्का, राम गोपालपुरका मेयर राम दुलारा मंडल सहितका नगर प्रमुख, उप प्रमुख, गा.पा. का अध्यक्ष उपाध्यक्ष, विभिन्न कार्यालयका कर्मचारी, सन्चार कर्मी सहितको उपस्थिति रहेको थियोे ।

