गाैशाला, असार २७ गते ।
बाराको जितपुर सिमरा उपमहानगरपालिका- १६ मा भएको यात्रुवाहक बस दुर्घटनामा १४ जना घाइते भएको प्रहरी ले पुष्टि गरेको छ । दुर्घटनामा १ जना महिला गम्भिर घाइते, ३ जना मध्यम र अन्य सामान्य घाइते भएका छन । बसमा २६ जना यात्रुहरु सवार थिए ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार घाइतेहरुको सिमरास्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले बसका सहचालक मलङगवाका राकेश कुमार साहलाई नियन्त्रणमा लिएको छ । चालक फरार रहेकाले उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ । ओभरटेक गरेर अगाडी जान खोज्दा दुर्घटना भएको स्थानीयहरुले बताए ।