https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

काठमाडौं, असार २८ गते ।
बिहीबारदेखिको अविरल वर्षासँगै विभिन्न जिल्ला भई बग्ने नदीहरूको जल सतह सतर्कता तह पार गरेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार बाग्लुङ, मकवानपुर, चितवन, तनहुँ र नवलपुरमा बाढीको खतरा रहेको हो ।

बाग्लुङको म्यादी खेला मंगलघाट जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । त्यहाँ जल सतह बढ्दो क्रममा रहेकाले दिउँसो १२ जबेसम्म सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

यता मकवानपुर जिल्लाको लाल बकैया खोलास्थित जुरेली बजार जलमापन केन्द्रमा सतर्कता तह पारेको र बढ्दो क्रममा रहेको छ । नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागहरूमा दिउँसो १२ बजेसम्म सतर्कता अपनाउन भनिएको छ ।

यता, चितवन जिल्लाको नारायणी नदी देवघाट जलमापन केन्द्रमा पनि जल सतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको छ । चितवन र नवलपरासी जिल्लाको नदी तटीय क्षेत्रमा रहनेले उच्च सतर्कता अपनाउन महाशाखाले भनेको छ ।

यसैगरी तनहुँ जिल्लाको मर्स्याङ्दी नदी विमलनगर जलमापन केन्द्रमा जल सतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकोले सतर्कता अपनाउन भनिएको छ । यस्तै नवलपुरको देउराली नवल वर्षा मापनकेन्द्र र आसपासमा भारी वर्षा मापन भएको छ । सो क्षेत्रमा थप वर्षा हुनसक्ने भएकाले बिनइ नदी लगायत स–साना नदीको बहाव बढ्न सक्ने महाशाखाको भनाई छ । नदी तटीय क्षेत्र र आसपास डुबान हुनसक्ने होचा स्थानमा सतर्कता अपनाउन सूचना जारी गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार