https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गौशाला, साउन १ गते ।
निगौल गाई गौशालामा पालिएको गाईहरुको गाईको आहार व्यवस्थापन नभए कै कारण मृत्युको संख्या बढदैँ गरेको छ । महाेत्तरीकाे गाैशाला नगरपालिका ३ स्थित नवराजपुरमा रहेको निगाैल गाई गाैशालामा पालिएकाे गाईको आहार व्यवस्थापन नभए कै कारण मंगलबार बिहान थप एक गाईको मृत्युु भएको छ ।

म घुम्न आएको थिए यहाँ हेर्छु एउटा गाई मरेको छ । पहिला ४ वटा गाेठमा गाई थियोे अहिले दुईवटा गाेठ मै सिमित छन् । गाईकाे संख्या बढनु पर्थयाे तर गाईको संख्या घटदै गईरहेकाे देखिन्छ स्थानीय सिताराम महताेले बताए । गाईहरुलाई खुवाउन केही कमी छैन नत दानाकाे कमी न आहारकाे तर यहाँ व्यवस्थापन गर्ने राम्रो हाकिम नै छैन गाईकाे दिनदिनै मृत्युकाे मुख्य कारण व्यवस्थापन नै हाे । न त समय-समयमा चेकजाँच हुन्छ न समयमा पाैष्टिक अहारहरु खुवाइनछ यसको मुख्य कारण नै व्यवस्थापनमा लापर्वाही हाे स्थानीय सिताराम महताेले बताए । यहाँ गाईहरुलाई उपचार गर्न प्राविधिक नियुक्त गरेको छ । उहाँ अहिले नियमित कार्यालय प्रमुख पनि हुनुहुन्छ तर प्राविधिक हुँदाहुँदै पनि गाई (injection) आ कुनै खाेप लगाउनु पर्याे भन्ने गाेठालाेलाई लगाउन लगाउँछ तर प्राविधिक आफै लगाउँदैन । स्थानीय महताेले आराेप लगाए ।

अर्का स्थानीय बिरेस महताे यहाँको अवस्था एकदम गम्भीर छ । पहला यस निगाैल गाई गाैशालामा दूध यति हुन्थ्यो कि यस क्षेत्रका बासिन्दाहरुलाई चाहिए जतिकाे दूध पाइन्थ्यो तर अहिले नवराजपुरका स्थानीयहरुलाई नै पुगि राखेको छैन । गाईहरुलाई निगरानी गर्ने मान्छे नै छैन याे सब यहाँका कार्यालय प्रमुखका बदमासी छन् । न त समैयमा गाईहरुलाई चेकजाँच गरेर पाल नै खुवाउदैन त्यस कारण कति गाईहरु बाझाे नै छ । गाईहरुलाई केही समस्या भएपछि समयमै उपचार गर्थे भन्ने अहिलेसम्म यति गाईकाे मृत्यु हुने थिएन स्थानीय महताेले बताए ।

तिन वर्ष पहिला २ सय १५ वटा गाई थियो । अहिले घटेर ७२ वटा मात्र रहेको छ । विस्तारै गाईहरु मर्दै गयो मर्नुकाे मुख्य कारण खानपान नै हाे । दानामा मकै र गहुँ भएपनि समयमा पिसान नभएको कारण खानपिन कै कारण मृत्यु भएको गाेठालाे राकेश तिवारीले बताए । मरेको गाई ४ दिनदेखि बिरामी थियोे । औंषधीहरु चलाएको थियोे । injection पनि लगाई रहेको थियो । तर बाचेन । जसरी गाईहरुलाई चेकजाँच गर्नुपर्ने हाे । त्यसरी नभएको तिवारीले बताए । कुन गाईलाई कति दाना खुवाउनु पर्याे केही भईरहेकाे छैनन् याे कमी कमजोरी हाे तर त्यो काम प्राविधिककाे हाे हामीलाई के थाहा । अर्को कुराे हाम्रो तलब सात महिनादेखि बाँकी थियो त्यस कारण हामी ४ घण्टा काम गरेनन् अवरोध गरेका थिए । ताल्चा हामीले कहिकतै लगाएन । त्यसपछि सहमति भएपछि फेरि हामी काम गर्न थाले । ताल्चा लगाएको हल्ला गलत हाे । तिवारीले भन्ने ।

गाईको मृत्युकाे कारण हाे । यहाँका कर्मचारीहरुले दुई दिन ताल्चा लगाएर बन्द गरेको थियो हाम्रो अफिस । कर्मचारीहरुकाे सात महिनादेखि तलब बाँकी थियोे त्यहीँ भएर ताल्चा लगाएर बन्द गरेकै कारण गाई मृत्युु भएकाे नियमित कार्यालय प्रमुख बिर बहादुर चाैधरीले बताए ।

राष्ट्रिय सहकारी वोर्डद्धारा संचालित निगौल गाई गौशाला अहिले अभाव र दवावको परिवेशमा संचालनमा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार