
राहुल गुप्ता
बिरगंज, साउन ७ गते ।
भारतीय राजदूतावास असार पूर्णिमाको शुभ अवसरमा काठमाडौंस्थित एक विशेष कार्यक्रमको आयोजना गरेको छ । यस अवसर नेपालका विभिन्न बौद्ध प्रती सम्मान राख्ने सम्पुर्ण सम्प्रदाय र गुम्बाका प्रतिनिधिहरुले सहभागीता जनाएका थिए ।
भगवान् बुद्धले उत्तर प्रदेशको सारनाथमा आफ्ना पहिली पांचजना तपस्वी बेलालाई आफ्नो पहिलो उपदेश दिनुभएको क्षण नै आषाढ पूर्णिमाको रुपमा मनाइने गरिएको छ । बिहारको बोधगयामा बुद्धत्व प्राप्त गरेपछि भगवान् बुद्धले दिनुभएको यस उपदेशले मानवलाइ ‘चार आर्य सत्य’ र ‘आर्य अष्टाङ्गिक मार्ग’ बारे चिनाएको थियो। यस दिनलाई धर्म चक्रको पहिलो फन्को’ को रुपमा पनि चिन्ने गरिएको छ ।
उत्सव कार्यक्रममा थेरावडा संघ महायाना संघ र वज्रयान संघले बुद्धले दिएका उपदेशहरु विधिपूर्वक प्रार्थना गरेका थिए ।तत्पश्चात बौद्ध सुत्रवाट प्रार्थनाको वाचन र अपर्ण गरिएको थियो ।
भारतिय दूतावासका नियोग उप-प्रमुख श्री प्रसन्न श्रीवास्तवले भगवान् बुद्धले दिनुभएको शिक्षाको महत्वमाथि प्रकाश पादै दुवै भारत र नेपालमा रहेका पवित्र बौद्ध स्थलले दुवै देशबीचको साझा सांस्कृतिक सम्पदालाई उदाहरणको रुपमा चित्रण गरेको बताउनुभयो।शताब्दीयौंदेखि कायम सम्बन्धलाई अघि बढाउदै बौद्ध धर्म लामो समयदेखि भारत र नेपाललाई जोड्ने एक शक्तिको रुपमा रहेको समेत उनले बताउनुभयो ।