गौशाला, साउन ९ गते ।
निगौल गाई गौशालामा पालिएको गाईहरुको गाईको आहारा व्यवस्थापन नभए कै कारण मृत्यु हुनेको संख्या नराेकिएकाे देखिन्छ । महाेत्तरीकाे गाैशाला नगरपालिका ३ स्थित नवराजपुरमा रहेको निगाैल गाई गाैशालामा पालिएकाे गाईको आहारा व्यवस्थापन नभए कै कारण बुधबार बिहान थप एक गाईको मृत्युु भएको छ ।
पहिला ४ वटा गाेठमा गाई थियोे अहिले दुईवटा गाेठ मै सिमित छन् । गाईकाे संख्या बढनु पर्थयाे तर गाईको संख्या घटदै गईरहेकाे देखिन्छ स्थानीयहरुले बताए । गाईलाई खुवाउन केही कमी छैन नत दानाकाे कमी न आहारकाे तर यहाँ व्यवस्थापन गर्ने राम्रो हाकिम नै छैन गाईकाे दिनदिनै मृत्युकाे मुख्य कारण व्यवस्थापन नै हाे । न त समय-समयमा चेकजाँच हुन्छ न समयमा पाैष्टिक अहारहरु खुवाइनछ यसको मुख्य कारण नै व्यवस्थापनमा लापर्वाही भईरहेकाे स्थानीयहरुले बताए । यहाँ गाईहरुलाई उपचार गर्न प्राविधिक नियुक्त गरेको छ । उहाँ अहिले नियमित कार्यालय प्रमुख पनि हुनुहुन्छ तर प्राविधिक हुँदाहुँदै पनि गाई (injection) आ कुनै खाेप लगाउनु पर्याे भन्ने गाेठालाेलाई लगाउन लगाउँछ तर प्राविधिक आफै नलगाएकाे कुरा यस भिडियोमा प्रष्ट देखन सकिन्छ ।
गाेठाले सुई लगाएको भिडियो
यहाँको अवस्था एकदम गम्भीर छ । पहला यस निगाैल गाई गाैशालामा दूध यति हुन्थ्यो कि यस क्षेत्रका बासिन्दाहरुलाई चाहिए जतिकाे दूध पाइन्थ्यो तर अहिले नवराजपुरका स्थानीयहरुलाई नै पुगि राखेको छैन । गाईलाई निगरानी गर्ने मान्छे नै छैन याे सब यहाँका कार्यालय प्रमुखका बदमासी छन् । न त समैयमा गाईहरुलाई चेकजाँच गरेर पाल नै खुवाउदैन त्यस कारण कति गाईहरु बाझाे नै छ । गाईहरुलाई केही समस्या भएपछि समयमै उपचार गर्थे भन्ने अहिलेसम्म यति गाईकाे मृत्यु हुने थिएन स्थानीयहरुले बताए ।
तिन वर्ष पहिला २ सय १५ वटा गाई थियो । अहिले घटेर ७२ वटा मात्र रहेको छ । विस्तारै गाईहरु मर्दै गयो मर्नुकाे मुख्य कारण खानपान नै हाे । दानामा मकै र गहुँ भएपनि समयमा पिसान नभएको कारण खानपिन कै कारण मृत्यु भएको गाेठालाे राकेश तिवारीले बताए । मरेको गाई ३ दिनदेखि बिरामी थियोे । औंषधीहरु चलाएको थियोे । injection पनि लगाई रहेको थियो । तर बाचेन तिवारीले बताए । कुन गाईलाई कति दाना खुवाउनु पर्याे केही भईरहेकाे छैनन् याे कमी कमजोरी हाे तर त्यो काम प्राविधिककाे हाे हामीलाई के थाहा । तिवारीले भन्ने ।
गाईको मृत्युकाे कारण हाे । यहाँका कर्मचारीहरुले दुई दिन हडताल गरेको थियो । त्यसपछि लगातार केही दिन पानी परेको थियो । त्यस कारण हरियो घासपात चाहिएकाे जति खुवाउन सकेको थिइन । गाईलाई ३/४ दिनदेखि फिवर लागेकाे थिए । त्यसकारण गाईलाई कमजोरी भएकै कारण मृत्यु हुन सकने नियमित कार्यालय प्रमुख बिर बहादुर चाैधरीले बताए ।

