https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

महाेत्तरी, साउन १० गते ।
जताततै क्रसर उद्योगले अवैध उत्खनन् बढाएका गुनासो बढेपछि महाेत्तरीकाे गाैशाला नगरपालिका अन्तर्गत रहेका क्रसरहरुकाे स्टक प्रमाणित गर्न नगरपालिकाले स्टककाे नापजाँच सुरु गरेको छ ।

ढुंगा, गिट्टी, बालुवाको प्रमाणिकरणका लागि नगरपालिकाका प्राविधिक टाेलीले बिहीबार गाैशाला नगरपालिका १२ स्थित बाँके खाेलामा रहेको क्रसरहरुमा स्टक प्रमाणित गर्न स्थलगत रुपमा नापजाँचका काम सुरु गरेको हाे ।

प्राकृतिक सम्पदा र नदीजन्य पदार्थको उपयोग रेखदेख गर्ने जिम्मेवारी स्थानीय तहको भए अनुसार नै स्थानीय तहले आ–आफ्ना क्षेत्रमा रहेका क्रसर तथा बालुवा प्रशोधन केन्द्रको स्टक प्रमाणित गर्नलाई स्टक (भण्डार) विवरण नापजाँच गर्न लागेको नगर प्रमुख डा. दिपेन्द्र महताेले बताउनुभयो ।

यद्यपि क्रसर र बालुवा प्रशोधन नाम राखेर नदीबाट बालुवा, ढुङ्गाको अवैध उत्खनन गरिरहेको भन्ने गुनासो आएकोले बिच-बिचमा नगरपालिकाले अनुगमन गर्दै आएकाे प्रमुख डा. महताेले जनाउनु भयो ।

नगरपालिकाभित्र मरहा र बाँके खाेलामा नदी उकास जग्गामा क्रसर र बालुवा प्रशोधन उद्योगहरु सञ्चालनमा छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार