दैलेख, साउन ११ गते ।
दैलेखको छामघाट खोलामा डुबेर दुई किशोरीको ज्यान गएको छ । उनीहरुको पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको हो । जिल्लाको महावु गाउँपालिका ३ स्थित छामघाट खोलामा पौडी खेल्ने क्रममा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आज (शुक्रबार) छामघाट खोलामा पौडी खेल्ने क्रममा डुबेर उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक दीपेन्द्र मगरातीले जानकारी दिए । उनीहरू बाख्रा चराउन छामघाट खोला पुगेका थिए । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार मृत्यु हुनेमा महाबु गाउँपालिका ३ अमार्सेकी अन्दाजी १४ वर्षीय भावना बुढा र अन्दाजी १६ वर्षीय सपनाकुमारी बुढा छन् । स्रोत : नयाँ पेज

