https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

पवन प्रसाद साह
बिरगंज, साउन १२ गते ।
पर्सा जिल्लाकाे बिरगंज महानगरपालिका वडा नं. १० नेपाली कांग्रेस वडा कार्यसमिति द्वारा आज वीपी कोइरालाको ४२औँ स्मृति दिवसको अवसर पारेर अशोक वाटिका स्थित शिव पार्वती मन्दिरको प्रांगणमा वृहत वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

वृक्षरोपण कार्यक्रममा बोल्दै मधेस प्रदेश सरकारका पुर्व मन्त्री ओम प्रकाश शर्माले नेपाली कांग्रेस र तिनका अनुयायीहरूले वीपी कोइराला को विचार धारा छोडदै गएकोमा चिन्ता व्यक्त गरेको थिए । विपीले प्रतिपादन गरेको मेलमिलापको सिद्धान्त आन्तरिक रुपमा पार्टि भित्र पनि हुनुपर्ने कुरालाई उनले जोड दिएका थिए । त्यस्तै वि.पी.को योगदानको सबैले अनुसरण गर्नुपर्ने उनले बताए ।

त्यस्तै कार्यक्रमको अध्यक्षता गरेका नेपाली कांग्रेस वडा नं १० का बुथ सभापति तथा पुर्व वडा अध्यक्ष राम नगिना प्रसाद कानुले अहिले विश्वमा जलवायू परिवर्तन भई विभिन्न समस्या बढी रहेकोले वृक्षारोपण गर्न आग्रह गरेका थिए । वन बिनाशका कारण अत्यधिक गर्मी तथा वर्षा कम हुने गरेकोले हरेक ब्यक्तिले वृक्षरोपण गर्नुपर्ने उनले बताए ।

आज भएको वृक्षरोपण कार्यक्रममा नेपाली कांग्रेसका नेता राकेश सिहं. नेपाली कांग्रेस पर्सा क्षेत्र नं २ का सभापति मोहम्मद साबुदिन, नेपाली कांग्रेस वीरगन्ज महानगरका सभापति मणिन्द्र लाल नेपाली, उपसभापति संतोष गुप्ता, जे.पि फाउन्डेसनका मनोहर साह, नेपाली कांग्रेस वीरगन्ज महानगपालिकाका सहसचिव दिपक साह लगायत आम नागरिकहरुको सहभागिता रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार