https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/


बर्दिवास, साउन १३ गते ।
महोत्तरीको बर्दिवास नगरपालिका १ निवासी सामाजिक अभियान्ता तथा महिला नेत्री मन्जु क्षेत्रीले आफ्नो ४३ औ जन्मदिनको अवसरमा बृक्षा रोपन गर्दै टुटेश्वर मन्दिरमा सि.सि. टिभी सञ्चालनकालागी सि.सि. टिभी एल .ई .डि प्रदान गरेकी छिन ।


बर्दिवास नगरपालिका ४ स्थित मेडिकल कलेज निर्माणकालागी राष्ट्रिय स्वतन्त्र पार्टी बर्दिवासले शनिवार बर्दिवास ५ स्थित मरहा नदीको नदी उकास जग्गामा गरेको बृक्षा रोपण कार्यक्रममा समाजिक अभियानी तथा नेत्री मन्जु क्षेत्री सहित उनका श्रीमान बर्दिवास नगरपालिकाका प्रमुख प्रह्लादकुमार क्षेत्री सरिक भएर बृक्षा रोपण गरेका हुँन ।


बृक्षा रोपन गरीसके लगत्तै क्षेत्री दम्पती टुटेश्वर नाथ महादेब मन्दिरमा पुगेर सि.सि.टिभी सञ्चालनकालागी ३६ ईन्चको सि.सि. टिभिी एल .ई .डि प्रदान गरेको बर्दिवास नगरपालिकाका सहकारी अभियन्ता तथा सञ्चारकर्मी माधब पौडे्लले जानकारी दिए।


बृक्षा रोपण गर्ने क्रममा नेत्री क्षेत्रीले हरीयो बन नेपालको धन भन्ने मान्यतालाई आत्मसाथ गर्दै प्राकृतिक सम्पदाको जगेर्ना गर्नु सबैको दायित्व भएको बताईन ।
उनले हाल भईरहेको बन बिनासले जलवायु परिवर्तनमा देखिएको प्रत्येक्ष आसर र त्यसवाट भईरहेको बिभिन्न किसिमका बिपती रोक्न समेत आफुले जन्मदिनको अवसरमा बृक्षा रोपण गरेको जनाईन ।


त्यसैगरी टुटेश्वरनाथ महादेब पुगेर उनले स.सि. टिभिी एल .ई .डि प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै हाल मन्दिरमा साउन महिनाको हरेक सोमवार दर्शनगर्न आउने लाखौ भक्तजनलाई सुरक्षित राख्न सि.सि. टिभिी एल .ई .डि प्रदान गरेको उल्लेख गरीन।


महिला नेत्री क्षेत्रीले बर्षेनी मन्दिर परिसरमा हुने गरेको चोरी तथा बिभिन्न किसिमको अपराधिक घटनालाई नियन्त्रणगरी मन्दिरमा लाग्ने मेलालाई सभ्य, भब्य र मर्यादित बनाउन सि.सि. टिभीको आवश्यकता आफुलाई महसुस भएकोले जन्म दिनको अवसरमा प्रदान गरीएको जानकारी दिईन । यसैक्रममा रास्वपाले मरहा नदीको नदी उकास जग्गामा बिभिन्न प्रजातीको २ सय ५०थान बिरुवा रोपेको सो पार्टीले जनाएको छ ।


बर्दिवास नगरपालिका ५ स्थित टुटेश्वरनाथ महादेब मन्दिर परिसरमा भएको स.सि. टिभी एल .ई .डि प्रदान कार्यक्रममा बर्दिवास नगरपालिकाका प्रमुख प्रह्लाद कुमार क्षेत्री, वडा नम्बर ५ का अध्यक्ष काहारमान स्याङ्गवा मन्दिर व्यवस्थापन समिका अध्यक्ष हितबहादुर पौडे्ल लगायत बिभिन्न संघ संस्थाका प्रतिनिधि, राजनितिक दल, नागरिक समाजको सहभागिता रहको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार