https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

चितवन, साउन १४ गते ।
त्रिशूलीमा बेपत्ता दुईवटा बस खोज्ने क्रममा हराएको चुम्बक र ट्युब फेला परेको छ ।

नारायणगढ मुग्लिन सडकको सिमलतामा गएको असार २८ गते पहिरोले त्रिशूलीमा बगाएका दुईवटा बस खोजी गर्नका लागि भारतबाट ल्याइएको १९ किलोको चुम्बक दुई दिनअघि त्रिशूलीमा हराएको थियो । सो चुम्बक सोमबार चितवनको काभ्रेघाटमा फेला परेको हो ।

हराएको चुम्बक र ट्युब सोमबार भेटिएको छ । गएको असार २८ गते वीरगन्जबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाडौँबाट गौर जाँदै गरेको बागमती प्रदेश ०३–२४९५ ख ००१ नम्बरको गणपति डिलक्सको बस पहिरोसँगै बगेर त्रिशूली नदीमा बेपत्ता छन् । बेपत्तामध्ये २४ यात्रुको विभिन्न क्षेत्रबाट शव निकालिएको छ भने अझै दुई बससँगै ३८ यात्रुको अवस्था अज्ञात छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार