https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, साउन १६ गते ।
महोत्तरीको निगौल गाई गौशाला कार्यालयमा समाचार संकलन गर्न पुगेका राजधानी टुडे मिडियाका पत्रकार राजेश सिंहमाथी दुरव्यवहार भएको छ ।

कार्यालयको परिसरमा राखिएको कार्यक्रममा पत्रकार सिंह समाचार संकलन गर्दै गर्दा राष्ट्रिय सहकारी वोर्ड योजना फाँटकी अधिकृत कान्ति पाण्डेले फोटो र भिडियो कसको आदेशमा खिचिएको भन्दै नानाथरी कुरा गर्दै पत्रकार सिंहको हातबाट मोबाइल खोसेकि थिइन ।

निगौल गाई गौशालामा पालिएको गाई वस्तुलाई त्याँहा कार्यरत कर्मचारीहरुले सहि तवरले रेखदेख अनि संरक्षण नगरिएको भन्दै डाँकिएको सर्वपक्षीय छलफलमा गोठालाहरुसंग प्रतिक्रिया लिइरहेको समयमा यस्तो व्यवहार गरिएको सिंहले बताए ।

समाचार प्रयोजनका लागि पत्रकार सिंहले सो भिडियो लिईरहेको समयमा एकाएक आवेशमा आएकी अधिकृत पाण्डेले यस्तो दुव्र्यवहारमा आएको पत्रकार नागेन्द्र साहले बताए । कर्मचारी अनि राष्टि्य सहकारी वोर्डको वास्तविकता तथ्य बाहिर आउन सक्ने अनि आफु अनुकुल कर्मचारीलाई दबाब दिएको रहस्य बाहिर आउने सक्ने डरले अधिकृत पाण्डेले यस्तो हर्कतमा उत्रिएको पत्रकार साहले जानकारी दिएका छन् ।

पत्रकार सिंह गौशाला नगर पत्रकार संजालका सह-सचिव तथा प्रेस मञ्च नेपालका प्रदेश कार्य समितिका सदस्य रहेका छन् ।
उक्त पत्रकार माथि भएको अभद्र व्यवहारको सत्य तथ्य बुझि दोषीमाथी कार्यवाहीको मागगर्दै प्रेस मञ्च लगायत अन्य पत्रकार संजालहरुले विज्ञप्ती समेत निकालेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार