https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

राहुल गुप्ता
बिरगंज, साउन १५ गते ।
नेपाल टेलिकम वर्कर्स युनियन( NTCWU) र सिङ्गापुर स्थित Union of Telecoms Employees of Singapore (UTES) का बिच Memorandum of Understanding for a Reciprocal Delegate Exchange Programme (MoU) मा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ ।

त्यस्तै Union of Telecoms Employees of Singapore (UTES) सिङ्गापुर संगै “advancing Telecom innovation : The Role of Trade Unions In Tech evolution ” थिममा एकदिवसिय अन्तरक्रिया कार्यक्रम पनि सप्पन्न भएको छ ।

यस प्रावधान अन्तर्गत बार्षिक रुपमा नेपाल टेलिकम वर्कर्स युनियन( NTCWU) र सिङ्गापुर स्थित Union of Telecoms Employees of Singapore (UTES) बाट ६ जना कर्मचारीहरु जाने त्यहि बर्ष सिङापुर बाट ६ जना कर्मचारीहरु आउने र एक सप्ताह को लागि दुबै देश को टेक्निकल समस्या बारे जानकारी साझा गर्नुका साथै पर्यटन प्रबन्धन पनि हुने उदेश्यले यो समझौता गरिएको छ । अहिले भएको सम्झौता सुरुमा ६ बर्षका लागि गरिएको छ ।

कार्यक्रम बारे बोल्दै नेपाल टेलिकम वर्कर्स युनियन केन्द्रीय अध्यक्ष सुरेश प्र रौनियारले यस सम्झौताले दुबै देशको टेलिकममा भएका नंया नया कार्यहरु बारे रहेका जानकारीहरु साझा गर्न सकिने बताए ।

उक्त भएको सम्झौता कार्यक्रममा नेपाल टेलिकम वर्कर्स युनियन महासचिव लोकेन्द्र पनेरु त्यस्तै Union of Telecoms Employees of Singapore (UTES) का अध्यक्ष मोहम्मद लतिफ बिन ओथामा, महासचिव थुबिन्दर सिंह, रहमद बिन चिक, मालिनी सुब्रमनियम लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार