https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

राहुल गुप्ता
बिरगंज, साउन १७ गते ।
नेपाली कांग्रेस पर्सा कार्यसमितिले मधेस प्रदेशका नवनियुक्त श्रम तथा यातायात मन्त्री कौशल किशोर रायको उपस्थितिमा आज भेटघाट तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ । नेपाली कांग्रेस पर्सा जिल्लाका सभापति तथा मधेस प्रदेशका भुमी तथा कृषि सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीको सभापतित्वमा सो कार्यक्रमको आयोजना गरिएको थिए ।

प्रमुख अतिथी रहेका मन्त्री रायले मधेस प्रदेशको अहिले विशेष परिस्थितिमा जनताले महसुस हुने गरी काम गरी रहेको बताए । मधेस प्रदेशमा नेपाली कांग्रेसले पाएको चार मन्त्रालयले अरु भन्दा फरक हिसाबले काम गरी रहेको तथा मधेस प्रदेशका जनताले अनुभुती गर्ने गरी विकास कार्यहरु अगाडि बढाएको बताए।त्यस्तै उनले बिगतका दिनमा अरु पार्टीले सरकार बनाएर धेरै भ्रष्टाचार गरेको बताए।अबका दिनमा यस्ता विकृति हताएर एउटा सिस्टममा आफुहरु काम गरिरहेको बताए ।

त्यस्तै कार्यक्रमका सभापति तथा भुमी तथा कृषि सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले मधेस प्रदेशको २०८१/८२ सालको बजेट पास भएपछि मात्र आफुहरु मन्त्रीमा नियुक्त भएकोले विकासका योजनाहरु बजेटमा समाबेश गराउन नपाएको बताए।उनले बजेटमा सन्तुलन कायम गर्नु पर्ने बताए।त्यसै उनले कृषि पेसामा दलालहरु को बढी चलखेल हुने भएकोले सम्पुर्ण किसान मिलि दलाली गर्नेलाई खेदेर्नु पर्ने बताए ।

साथै मन्त्री क्षेत्राले भने नेपाली कांग्रेस र जनमत पार्टी बिच मन्त्रालयको भागबण्डा मिलनमा ढिलो भएको हुनाले हामी बजेटमा आफ्नो भनाई समेटन सकेनौ तर पनि हामि जनताकै पंक्षमा सधै रहेर काम गर्नै बताए ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेस पर्सा जिल्लाका उपसभापति रामनारायण कुर्मीले मधेस प्रदेशका जनताको सेवा गर्न नेपाली कांग्रेसलाई अवसर पाएकोमा यस अवसरलाई बढी भन्दा बढी सदुपयोग गर्न उनले आग्रह गरेका छन।मन्त्रीहरु लाई शुभकामना दिदै उनले श्रम मन्त्री कौशल किशोर राय संग मजदुरहरुको समस्यालाई सम्बोधन गर्न श्रम कार्यालयलाई कडा निर्देशन दिनु पर्ने बताए।त्यसतै हाम्रो पार्टीले जुन मन्त्रालय पाएछ त्यस मन्त्रालय लगायत मन्त्रालय अन्तर्गत पर्ने सम्पूर्ण कार्यालयहरूमा जनताको हकहितको निमित्त कार्य होस र मधेश प्रदेशमा नेपाली काँग्रेस पार्टी पहिलो हुने बताए ।

भेटघाट तथा सम्मान कार्यक्रममा मधेश प्रदेश सभा सदस्य श्याम पटेल, नेपाली कांग्रेस पर्साका उप-सभापति अशोक गुप्ता, सह-सचिव मदन यादव, सह सचिव नबिन सिंह, कोषाअध्यक्ष प्रेम थापा, प्रवक्ता रमेश पकण्डे, जिल्ला सदस्य जगन राउत कूर्मि, पुर्व मेयर लोकनारायाण यादव, पुर्व उपमेयर शान्ति कार्की, क्षेत्र नं. १ का कार्यवाहक सभापति अनिल सिंह, नगर सचिव श्याम पटेल, वडा अध्यक्ष शम्भु मिश्र, युवा नेता हरिन्द्र यादव, बाबुनन्द पटेल, जे.पि.ठाकुर, ने.वि.संघ पर्साका अध्यक्ष रमेश यादव, तरुण दलका नेता लगायतका व्यक्तिहरूको उपस्थित रहेको थियो भने कार्यक्रमको सहजीकरण नेपाली कांग्रेस पर्साका उप-सभापति अशोक कुमार गुप्ताले गरेका थिए नेपाली काँग्रेस प्रचार प्रसार मधेश प्रदेश बिभाग सदस्य राहुल गुप्ताले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार