गाैशाला, साउन १९ गते ।
महाेत्तरी बर्दिवासमा हुन लागेको महायज्ञमा प्रयोग गर्न प्रदेश सरकारद्वारा दुई वटा घुम्ती शौचालय प्रदान गरेको छ । बर्दिवास हाम्रो माया घर निर्माणार्थ २१ गतेदेखि २९ गतेसम्म आयोजना हुने शिव पुराण माहायज्ञमा प्रयोग गर्न प्रदेश सरकारद्वारा दुई वटा घुम्ती शौचालय प्रदान गरेको हाे ।
मधेश प्रदेश सरकारको उद्योग, बाणिज्य तथा पर्यटन मन्त्रालयले बर्दिवास नगरपालिकाको लागि २ वटा घुम्ती शाैचालय प्रदान गरेका छन् । आयोजना हुन लागेको शिव पुराण माहायज्ञलाई मध्यनजर गर्दै शुक्रबार होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेशका अध्यक्ष हिरालाल गौतमलाई उक्त शौचालय हस्तान्तरण गरेका हुन ।
६/६ वटा कोठा भएको घुम्ती शौचालय शुक्रबार नै बर्दिवास ल्याईएको छ। सार्वजनिक शौचालयको आवश्यक्ता महसुस भैइरहेको बेला पर्यटन व्यवसायी संघको पहलमा उपलब्ध भएको उक्त शौचालयले सार्वजनिक शौचालयको आवश्यक्तालाई परिपुर्ती गर्ने विश्वास लिइएको छ ।
अब नगरपालिकाले कार्यविधी बनाएर यो शौचालय संचालनमा ल्याउनुपर्छ । ´बर्दिवास संस्कृति तथा पर्यटन वोर्डका अध्यक्ष समेत रहेका गौतमले भने । यो माहायज्ञ अवधिभर संचालनमा ल्याईनेछ । नगरपालिकासगँ यसअघि नै मन्त्रालयले सम्झौता गरिसकेको छ ।´