https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

राहुल गुप्ता
बिरगंज, साउन १९ गते ।
पर्साकाे बिरगंज सामुदायिक आँखा अस्पताल तथा सामुदायिक प्रहरी साझेदारी सेवा केन्द्रको सहयोगमा आज आँखा शिविरको आयोजना गरिएको छ । बिरगन्ज वडा नं ३१ लक्ष्मीपुरको दलित बस्तीमा सो आँखा शिविरको आयोजना गरिएको छ ।

आँखा शिविर कार्यक्रमको प्रमुख अतिथि रहेका कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मीले अहिले आँखा सम्बन्धि समस्या बढ्दै गएकोले यस्ता शिविरको आयोजनाले स्थानीय जनतालाइ आँखा सम्बन्धि समस्या निराकरण गर्न ठूलो सहयोग गरेको बताए।मानव शरीरको महत्त्वपूर्ण अंग मध्ये आँखा पनि रहेको तथा यसलाइ हेरचाह गर्न आवस्यक रहेको बताए ।

त्यस्तै आँखा शिविरमा डा.प्रभात चौरासीयाको टिमले बिरामीहरुको चेक जाच गरेका थिए जसमा जम्मा १२१ जनाको आँखाको जाच गरिएको छ भने २६ जनालाई मोतियाबिन्दु भएको पत्ता लागेको छ ।

आज भएको उक्त शिविर कार्यक्रममा नेपाली कांग्रेस पर्सा जिल्लाका जिल्ला सदस्य रामनिवास यादव, नेपाली कांग्रेस क्षेत्र नं १ का कार्यवाहक सभापति अनिल सिंह, ने.बि.संघका केन्द्रिय सदस्य सुरेन्द्र लामिछाने, पुर्व वडा अध्यक्ष चुमन चौधरी लागयतको स्थानीयहरुको विशेष उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार