विजय कुमार सिंह
बर्दिवास, साउन १९ गते ।
नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम कुमार घिमिरेले गिरिबन्धु टी स्टेट प्रकरणमा दोषी प्रमाणित भएकालाई कार्वाही हुने उहाँले बताउनुभएको छ । नेपाल प्रेस युनियन महोत्तरी शाखाले बर्दिवासमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रमुख सचेतक घिमिरेले गिरिबन्धु टी स्टेट प्रकरणमा दोषी प्रमाणित भएकालाई अवश्य कार्वाही हुने जिकिर गर्नुभएको हाे ।
‘गिरीबन्धुको विषय पार्टीले आधिकारिक निणर्य गरेर उठाको विषय होइन । सांसदहरुले आफ्नो ढंगले उठाउनुभको हो । त्यसमा कोही दोषी प्रमाणित हुन्छ भने कार्वाही हुन्छ । कार्वाही प्रक्रिया अगाडी बढ्छ । चाहे त्यो जोसुकै मान्छे होस्,’ गिरिबन्धुको बिषयलाई बचाउ गर्दै प्रमुख सचेत घिमिरेले भने ‘गिरीबन्धु टि स्टेको बारेमा एउटा कानुन बनाएर जग्गा साटफेर गर्ने कुरा गरियो । तर त्यो साटफेर भएन । त्यसलाई अदालतले रोक्यो । त्यो प्रक्रिया नै अगाडी बढेन ।’
वर्तमान सरकारमाथि जनतामा आशा पलाएकै कारण नेप्से परिसुचक माथिल्लो लेवलमा पुगेको उनले जिकिर गरेका हुन् । ‘जनतामा आशा पलाएकै कारण नेप्से परिसुचक माथिल्लो लेवलमा पुगेको उनलेे बताए । रियल स्टेटमा पनि बढोत्तरी भइरहेको छ । जनताको आशा र भरोसाले अर्थतन्त्रलाई मजबुत बनाउन मद्दत पग्छ । त्यसैले यो गठबन्धनले निरन्तरता पाउँछ । यो गठबन्धन बाँकी संसदको अवधिभर सञ्चालन हुन्छ,’ उनले भने ‘जनताको यो आशा र भरोसा तोड्ने अधिकार वर्तमान सरकारलाई छैन ।’
सरकारले व्यवसायीमैत्री आर्थिक नीति ल्याउन लागेको पनि उनले सुनाए । अहिलेका सरकार बनिसकेपछाडि आएको मौद्रिक नीति पनि व्यवसायी अनुकुल रहेको उनको भनाइ छ । ‘मौद्रिक नीति पनि व्यवसायी अनुकुल छ । यो सरकारले आर्थिक नीति पनि व्यासायी मैत्री ल्याउन,’ प्रमुख सचेतक घिमिरेले भने ‘यसले सम्पूणर् अर्थतन्त्रलाई चलायमान बनाउँछ ।’
छिमेकी मुलुकहरु र अन्तराष्ट्रिय शक्ति राष्ट्रहरुलाई विश्वासमा लिन दरिलो सरकारको आवश्यकतालाई ध्यानमा राखेर पनि यो सरकार निर्माण भएको उनले दावी गरे ।
संविधानमा देखिएका केही समस्या, जटिलता र अप्ठ्याराहरुलाई समाधान गर्न संविधान संशोधन जरुरी रहेकाले सरकारमा रहेका दलको सहमतिमा आयोग बनाएर त्यसको गृहकार्य पछि संशोधन गरिने उनको भनाइ छ ।