गाैशाला, साउन २४ गते ।
नेपाल प्रहरी श्रीमती संघले ४० औ वार्षिक उत्सव कार्यक्रम महोत्तरीमा मनाईएको छ । सो अवसरमा विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक सुन्तुलाल प्रसाद जैसवारको नेतृत्वमा जलेश्वर नगरपालिका वडा नं.२ खैराचौक स्थित गोसरिया ताजु सरीया मदरसामा अध्ययनरत ६० जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको हो ।

ती विद्यार्थीहरुलाई काँपी, कलम, पेन्सिल, कटर, इरेजर वितरण लगायतका सामाग्रीहरु वितरण गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।



