
राहुल गुप्ता
बिरगंज, साउन २५ गते ।
पर्साकाे बिरगन्ज वडा नं १० मा रहेको होली लैण्ड स्कूलले २०८१ सालका लागि विधार्थीहरुलाई ब्याच तथा पूरस्कार वितरण गरेको छ । उक्त स्कुलका कक्षा दुई देखि कक्षा दससम्म अध्यनरत विद्यार्थीहरुलाई ब्याच सहित पुरस्कार वितरण गरिएको हो ।
उक्त कार्यक्रमका प्रमुख अतिथि नन प्याप्सनका नगर अध्यक्ष जियालाल गुप्ताले आफूलाई प्रमुख अतिथीको रूपमा आसन गराई सम्मान दिएकोमा विधालयका संस्थापक प्रेम यादव सर, सारदा गुप्ता सर र विधालय परिवार प्रति आभार व्यक्त गरेका थिए ।
२०५५ सालमा स्थापना भएको यस स्कुलले निरन्तर विद्यार्थीहरुको मनोबल उच्च बनाउनका लागि विभिन्न किसिमका कार्यक्रमको आयोजना गरि सम्मान तथा पुरस्कृत गर्दै आएको विधालयका सस्थापक अध्यक्ष प्रेम यादवले बताए । त्यस्तै उनले आफु लगातार ४५ वर्ष देखि अध्यापन गराउँदै आएको तथा मैले पढाएका हजारौं विद्यार्थीहरु डाक्टर, इन्जिनियर लगायत राष्ट्र कर्मचारी बनी देशको सेवा गर्दै आएको बताए ।
आज भएको उक्त कार्यक्रममा विशिष्ट अतिथिको रुपमा सिटी स्कूलका संस्थापक संतोष गुप्ता, डिसिमल कलेजका संस्थापक सन्नी दुब्बे, गोल्डेनगेट स्कूलका संस्थापक शेख अजहर, अभिभावक र पत्रकार राहुल गुप्ताको उपस्थिति थियो ।
त्यस्तै कार्यक्रममा विधालयमा अध्यनरत छात्र, छात्राहरुलाई शिल्ड, मैडल, सर्टिफिकेट र बैच बितरण गरिएको थियो भने कार्यक्रमको सहजीकरण अमित अलोकले गरेका थिए ।