https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

पवन प्रसाद साह
बिरगंज, साउन ३० गते ।
पर्साकाे पकहामैनपुर गाउँपालिकाको ज्येष्ठ नागरिक ७३ जनाले मोतियाबिन्दुबाट ग्रसित बिरामीहरुले आँखाको निःशुल्क शल्यक्रिया गराएको छ । 

गाँउपालिकाको श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय मानीपुरमा भएको चेकजाँचमा भेटिएका मोतियाबिन्दुका विरामीहरुको आँखाकाे निःशुल्क शल्यक्रिया गराएको हो । 

पर्सा क्षेत्र नम्बर ३ का समाजसेवी रुपेश पाण्डेको आर्थिक सहयोगमा मानीपुरका ७३ जना आँखाका विरामीहरुको निःशुल्क आँखाको शल्यक्रिया गराइएका छन् ।

बीरगन्ज आँखाको अस्पतालको सहयोगमा विशेषज्ञ चिकित्सकहरुको टोलीले २४७ जनाको आँखा चेकजाँच गरेको थियो । जसमा ७३ जनामा मोतियाबिन्दुको समस्या फेला परेको समाजसेवी पाण्डे बताए । यहीँ साता मानीपुरमा आँखा शिविरको आयोजना गरिएको थियो । सेवाको भावनाले निःशुल्क आँखा शिविरको आयोजना गरेको समाजसेवी पाण्डेको भनाइ रहरको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार