राहुल गुप्ता
बिरगंज, साउन ३२ गते ।
बोर्डर आउट पोस्ट बरैनिया बाराले कपडा र मोटरसाइकल बरामद गरेको छ । बाराकाे फेटा गाउँपालिका वडा नं. १ राजवटिया गाँउबाट बरामद गरेको हो ।
भारतबाट अवैध रुपमा भन्सार छली गरि नेपाल तर्फ भारतिय नं. प्लेटको हिरो कम्पनिको माेटरसाइकल BR05N 0568 को प्रयोग गरी ल्याउँदै गरेको कपडा यस बि.ओ. पि.बाट स.प्र.ना.नि. सविन खड्काको कमाण्डमा खटिएको टोलीलाई देख्नासाथ प्रयोग भएको माेटरसाइकल र कपडा सोहि स्थानमा छाडी व्यक्ति फरार भएको थियो ।
पक्राउ पर्नेमा मोटरसाइकलको अन्दाजी मुल्य १ लाख ५० हजार, कुर्ता सरवाल थान- २० (बिस) अन्दाजी मुल्य २० हजार, साडी थान- ९ (नौ) अन्दाजी मुल्य ९ हजार, बलाउजको कपडा अन्दाजी ७०लमिटर अन्दाजी मुल्य २१ हजार गरि जम्मा अन्दाजी मुल्य २ लाख मुल्य बराबरको बरामद गरी यस बोर्डर आउट पोस्ट बरैनियामा ल्याई राखिएको साथै सो सामानहरु भन्सार कार्यालयमा बुझाउने प्रकृयामा भइरहेको सशस्त्र प्रहरी बीओपी बरैनियाका प्रमुख सशस्त्र प्रहरी निरीक्षक प्रकाश आचार्यले जानकारी दिए ।

