गाैशाला, साउन ३२ गते ।
महाेत्तरीमा विभिन्न पार्टी परित्याग गरि नेकपा (एमाले) मा सयौंको संख्यामा पार्टी प्रवेश गरेको छ । शुक्रबार औरही नगरपालिकामा नेपाल क्युनिष्ट पार्टी (एमाले) को अैारही नगर कमिटीद्वारा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि सयाैंकाे संख्यामा पार्टीमा प्रवेश गरेको हाे ।

नेपाली काँग्रेसबाट औरही नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष पदका प्रत्याशी रहेको संताेष कुमार यादव लगाएत विभिन्न पार्टी परित्याग गरि २६० जना नेपाल क्युनिष्ट पार्टी एमालेमा प्रवेश गरेको एमालेका महोत्तरी जिल्ला अध्यक्ष बलिराम यादवले बताए ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा मधेस प्रदेश कमिटिका अध्यक्ष चन्देश्वर मण्डल, विशिष्ट अतिथि महोत्तरी निर्वाचन क्षेत्र नम्बर ४ को (क) बाट निर्वाचित मधेस प्रदेशका सांसद एवं मधेस प्रदेशका भाैतिक पूर्वधार विकास मन्त्री मा. सराेज कुमार यादव, विशिष्ट अतिथि : स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन प्रसाद सिंह, अतिथि पुर्वराज्य मन्त्री शारदा देवी थपा लगाएत जिल्लाका विभिन्न पार्टी प्रतिनिधिहरुकाे उपस्थित रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार