https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

राहुल गुप्ता
बिरगंज, भदौ २ गते ।
सयौं वर्ष देखि श्रावण शुल्क पक्ष चतुर्दर्शीका दिन बिरगंज घडीअर्वा अशोक वाटीका टोल स्थित बौधि माईको मन्दिरमा पुजा अर्चना मेला लाग्ने चलन चल्दै आएको छ । जसमा हजारौं भक्तजनहरु आफ्नो भाकल (मनोकामना) पूरा भएकोमा उक्त मन्दिरमा नारियल, खसीबोका, हाँस, खुकुराको बलि चढाउँदै आएका छन ।

आज उक्त मन्दिरमा हजारौं भक्तजनहरुकाे घुइचो लागेको थियो जसमा पुरुष भन्दा महिलाहरुको उपस्थिति बढी रहेको थियो । उक्त मेलामा विभिन्न किसिमको मनोरञ्जनात्मक कार्यक्रम पनि गरिएको थियो ।

सो मन्दिरको प्रथम पुजा मन्दिरका संस्थापक परिवारका गौरी शंकर साह कानु, लखन साह कानु, अमर साह, पासपत साह, मदन साह, मनोहर साह आनन्द साह लगायतका परिवारबाट पुजा सुरु भइ अन्य भक्तजनको लागि पुजा गर्न मन्दिरको ढोका खोलिने गरिएको छ ।

केही वर्ष अगाडिको घडिअर्वा पाक्षिक पत्रिकाका सम्पादकको लेख अनुसार सयौं वर्ष अगाडि धनसर साह कानु परिवार द्वारा उक्त मन्दिरको स्थापना गरि हरेक श्रावण महिनाको शुल्कपक्ष चर्तुदर्शीका दिन बौधि माइको पुजा गर्ने चलन चलीआएको उल्लेख गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार