गाैशाला, भदौ २ गते ।
महाेत्तरीकाे राष्ट्रिय आधारभूत विधालय (०-७) जमुनियामा ९ काेठे भवन निर्माणका लागि शिलान्यास गरेको छ । आईतबार गाैशाला नगरपालिका – ७ स्थित राष्ट्रिय आधारभूत विधालय (०-७) जमुनियामा नगर प्रमुख : डा. दिपेन्द्र महताेद्वारा ९ काेठे भवन निर्माणका लागि शिलान्यास गरेको हाे ।
भवनको शिलान्यास नगर प्रमुख : डा. दिपेन्द्र महताे र वडा अध्यक्ष : मनाेज चाैधरीले विधिवत रुपमा पुजापाठ गरि संयुक्त रुपमा शिलान्यास गरेका छन् । भवन निर्माणकाे काम १८ महिनाभित्र सम्पन्न गर्नुपर्नेछ ।

शिलान्यास कार्यक्रमलाई सम्बाेधन गर्दै नगर प्रमुख महताेले विधालय विदियाकाे मन्दिर हाे, मन्दिरभित्र कसैलाई राजनीति नगर्न आग्रह गरेका छन् । साथै अहिले समाजिक संजालमा जुन भ्रम छरिरहेकाे कि शिक्षा क्षेत्रमा राम्रो रिजल्ट नआउनुकाे कारण यसको जिम्मेवारी नगरपालिकाका जनप्रतिनिधि मात्र हाे । तर शिक्षामा सुधार गर्ने जिम्मेवारी सबैले वहन गर्नुपर्छ । एकलै नगरले चाहेर हुँदैन । सबभन्दा बढी भुमिका अभिभावककाे छ । साथै यहाँका समाजका र विर्धाथीहरुकाे पनि त्यति कै जिम्मेवारी हुनुपर्छ । प्रमुख महताेले बताउनुभयो । विधालयलाई अगाडि बढाउन समाजले सधै सहयोग गर्नुपर्छ भाैतिक पुर्वाधार काम हाेस आ शिक्षामा स्तर उन्नतिकाे काम हाेस नगरले एकलै चाहेर हुँदैन समाजलाई पनि अहम भुमिका खेल्नुपर्छ प्रमुख महताेले बताउनुभयो ।
विधालयमा विद्यार्थीहरुको संख्या बढ्दै गएकोले कक्षाकोठाको अभाव भएपछि पठनपाठनमा समस्या भईरहेकाे कारण उक्त विद्यालयलाई व्यवस्थापन गर्नको लागि नगरपालिकाकाे पहल तथा समन्वयमा संघीय सरकारकाे राष्ट्रिय योजना आयाेगद्वारा विनियोजित बजेटबाट १ करोड ९२ लाख ६८ हजार २ सय ६० रुपैया ७५ पैसा बराबर रकमको मिति : २०८१ असार १३ गते काठमाडौंकाे विपि कन्ट्रक्सनसँग ठेक्का सम्झौता भई अनुसार ९ काेठे भवन निर्माणकाे लागि शिलान्यास गरिएको नगरपालिकाका ईन्जिनियर अजय यादवले जानकारी दिए ।
शिलान्यास कार्यक्रममा संघीय सांसद मा. लक्ष्मी महताे काेईरी, वडा नं. १२ काे अध्यक्ष : कुशेश्वर सिंह, वडा नं. ११ का अध्यक्ष रामपृत महताे, वडा नं. १० काे अध्यक्ष : विष्णु कुमार महताे, वडा नं. ९ काे अध्यक्ष : बद्री प्रसाद सिंह, राष्ट्रिय मा.वि. कान्तिबजारका पुर्व वि.व्य.स. का अध्यक्ष : रामचन्द्र सिंह कुशवाहा, नगर शिक्षा समितिका सदस्य जितेन्द्र सिंह, कुमरकान्त झा, वडा सदस्यहरु, ७ का पुर्व वडा अध्यक्ष : किसुनदेव कुवर, विभिन्न पार्टीका प्रतिनिधिहरु, विभिन्न विधालयका प्रधानध्यापकहरु, समाजसेवी, विधालयका शिक्षक तथा शिक्षिकाहरु, विधार्थीहरु, संचारकर्मी लगायत सर्वसाधारणहरुकाे उपस्थिति रहेको थियोे ।
















