सिरहा, भदौ ४ गते ।
सिराहा अनलाइन खबरका संवाददाता प्रदिप यादवलाई गालिगलाैज गर्दै कुटपिटकाे प्रयास भएको छ । मंगलबार सिरहाको लदनीयामा एक समुहले चारेतिरबाट घेरेर गालिगलाैज गर्दै संवाददाता यादव उपर कुटपिटकाे प्रयास भएको हाे ।
भ्रष्टाचार र तस्करहरूको विरुद्धमा न्युज लेखेकै कारण गाली गलाैज गर्दै कुटपिट समेत गरेको यादवले जनाए । म घरको लागि केही खाद्यान्न सामग्री लिन लदानिया गएको थियो । त्यहीँ बेला एक समूह आएर चारेतिरबाट घेरेर मलाई गालिगलाैज गर्न थाले । समुहका दुईजनालाई मैले मात्र चिन्न सके । जसमा मिर्चैयाका सोनु नायक र पतारी गाउँपालिकाका अनिल यादव थिए ।
मलाई अपहरण गर्ने प्रयास समेत गरेको थियो तर त्यहाँका स्थानीयहरूले मलाई सहयोग गरेकाे कारण म घर आउन सफल भएकाे यादवले जनाए । मलाई अहिले असुरक्षित महसुस भएरहेको छ । मलाई सुरक्षाको वातावरण मिलाई दिन जिल्ला प्रहरी कार्यालय सिराहासँग अनुरोध गर्दछु यादवले बताए ।