https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

चन्दन कूमार महतो
राैतहट, भदौ ४ गते ।
राजर्षीजनक विश्वविद्यालयको आंगिक बहुमुखी क्याम्पसको रुपमा रौतहट सदरमुकाम गौरमा पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार एक समारोहका बीच समुदघाटन भएको छ ।

जुद्ध माध्यमिक विद्यालयको छात्राबास भवन गौर नगरपालिका वडा नम्वर २ मा राजर्षीजनक विश्वविद्यालय आंगिक पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसलाई मंगलवार एक समारोहका बीच राजर्षीजनक विश्वविद्यालयका उपकुलपति अमर यादवले उदघाटन गरेका हुन् ।

गौर नगरपालिकाको विशेष पहलमा एवं आर्थिक सहयोगमा राजर्षीजनक विश्वविद्यालयले गौर जस्तो स्थानमा बहमुखी क्याम्पसको संचालन ल्याएपछि गौर सहित रौतहट जिल्लाभरीका जनताहरुलाई बाहिर गएर अध्ययन अध्यापन झन्झटिलो अवस्थाबाट मुक्ति मिलेको वक्ताहरुले बताए ।

उपकुलपति अमरप्रसाद यादवले विश्वविद्यालय मधेश प्रदेशमा स्थापना भएपछि नै आठ वटै जिल्लामा प्राविधिक तर्फका बहुमुखी क्याम्पसहरु संचालनमा ल्याउने योजना अनुरुप गौर नगरपालिकाले जग्गा र घर उपलब्ध गराएपछि यहाँ यसै शैक्षिक सत्रबाट दुई वटा विषयमा अध्यापन सुरु गरिने बताए ।

यसै शैक्षिक सत्र देखि बिएससी कृषि र बिबिए संकाय तर्फ अध्यापन सुरु गरिने जनाकारी दिदै उपकुल्पती यादवले, मधेशका जिल्लाहरुमा पछाडी परेका रौतहट जिल्लाको गौरमा विएससी कृषि र विविए संकायको अध्यापन सुरु गरिदा कोटाको ३० प्रतिशत छात्रवृति दिइने छ । जसमध्ये १० प्रतिशत जेहन्दार तथा २० प्रतिशत विभिन्न जनजाती कोटालाई आरक्षित गरिएको उनले बताए ।

गौर जस्तो स्थानमा नगरप्रमुखले जग्गा उपलब्ध गराएर यति चाँडै बहुमुखि क्याम्पस संचालन हुनु खुशीको खवर रहेको राजर्षीजनक विश्वविद्यालयका रेक्टर सत्यनारायण साहले स्पष्ट पारे ।

नगरवासीको चाहना एवं रौतहटवासीको स्नेह तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको साथ सहयोगको कारण सदरमुकाम गौरमा बहुमुखी क्याम्पस संचालनमा ल्याएर यहाँका बासिन्दाहरु समक्ष खरो रुपमा उत्रिएको गौर नगरप्रमुख शम्भ साहले स्पष्ट पारे । नगरपालिकाको आर्थिक सहयोग तथा भौतिक पूर्वाधार सहयोगका कारण यसै बर्ष देखि दुई वटा संकाय संचालनमा ल्याउन पाउदा निकै खुशी लागेको बताउदै नगरवासीको साथ र सहयोग रहीरहेमा गौरलाई मधेश प्रदेशमै नमूनाको रुपमा उभ्याउने मेप्रतिबद्धता जनाए ।

मेयर शम्भु साहको अध्यक्षतामा भएको उदघाटन सत्रको कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका सहप्रध्यापक घनश्याम ठाकुर, जेष्ठ नागरिक संघका अध्यक्ष एवं शिक्षक विजयकिशोर झा, समाजवादीका केन्द्रीय सदस्य रेबन्त झा, राजनीतिकर्मी अनिल सिंह, शिक्षक विन्दासाहनी लगायतका समाजसेवी बुद्धिजीविहरुको उपस्थिति रहेको थियो भन्ने कार्यक्रममा स्वागत गौर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत सुभाष ठाकुरले गरेका थिए । कार्यक्रमको संचालन गौर नगरपालिका वडा नम्वर ९ का अध्यक्ष तथा प्रवक्ता अर्जुन सिंहले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार