https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

चन्दन कूमार महतो
राैतहट, भदौ ८ गते ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मिति २०८१ भाद्र ६ गते आ.व.२०७९/०८० स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (LISA) को रिपोर्ट सार्वजनिक गरेको छ । जसमा मधेस प्रदेशको नगरपालिका मध्ये राैतहट जिल्लाकाे गौर नगरपालिका प्रथम स्थानमा अङ्क प्राप्त गर्न सफल भएका छ्न ।

प्रत्येक वर्ष स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (LISA) मार्फत मन्त्रालयले शासकीय प्रवन्ध, संगन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवंम् आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशिकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन, सहकार्य र समन्वय गरी जम्मा १० वटा शिर्षकमा प्रत्येक स्थानीय तहले सम्पादन गरेका कामकारवाही, सेवा प्रवाहका प्रमाण सहितका कागजातहरु अनिवार्य रुपमा अपलोड गर्ने व्यवस्था विगत ४ वर्ष देखि लागु भए ता पनि विगत ३ वर्ष देखि प्रत्येक स्थानीय तहले कार्यान्वयनमा ल्याइएको थियो । स्वमूल्यांकनको आधारमा नै सम्बन्धित निकायबाट स्थानीय तहक लागि बजेट बिनियोजन गर्ने प्रक्रिया अपनाईएको कुरा अर्थ मन्त्रालय र राष्ट्रिय प्राकृतिक श्रोत तथा बित्त आयोगले जनाएको छ ।

वित्तीय समानीकरण अनुदानअन्तर्गत कार्य सम्पादन मूल्याङ्कनमा गौर नगरपालिका मधेश प्रदेशमै प्रथम स्थान हासिल गरेका छन् । नेपाल सरकारबाट आर्थिक वर्ष २०८०-०८१ मा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसमा उपलब्ध गराइने वित्तीय समानीकरण अनुदानअन्तर्गत कार्य सम्पादन मूल्याङ्कनमा मधेश प्रदेशमै गौर नगरपालिका प्रथम स्थान हासिल गर्न सफल भएको हो ।

अनुदानका लागि प्रदेश सरकार र स्थानीय तहले कार्य सम्पादन सूचक बापत प्राप्त गरेको नतिजा अनुसार गौर नगरपालिका ८०.०० उत्कृष्ट अङ्क प्राप्त गरी मधेश प्रदेशमा नै प्रथम स्थान हासिल गरेको गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहले बताएका छन ।

गौर नगरपालिकाको नगर प्रमुख #शम्भूसाहले आफ्नो कार्यकाल सम्हालेको दिनदेखि नै कार्यालयले सम्पादन गरेको कामकारवाही र सेवा प्रवाहहरुको कार्य विवरण पारदर्शिताका साथ सेवा प्रवाह गर्दे आईरहेको कुरा नगर प्रमुख #शम्भूसाहले बताउनु भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार