विनोद ओझा
कृष्णनगर, भदौ ८ गते ।
कपिलवास्तुको कृष्णनगर नाका हालको समयमा चावल तस्करहरूका लागि हबमै परिणत हुन पुगेको छ । तस्करहरूले स्थानीय प्रहरीदेखि जिल्ला प्रहरीसम्म मासिक मोटो रकमको नजराना बुझाए पश्चात् तस्करहरूका लागि कृष्णनगर नाका हबमै परिणत हुन पुगेको दिखिएकाे छ ।
कृष्णनगर तस्करको रूपमा सीमा नाका स्थित सशस्त्र प्रहरी र नेपाल प्रहरीको सन्युक्त टोलिलाई भारतको बढ़नीबाट समयमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको ड्यूटी मिलान गराएर मात्र अबैध तरिकाले नेपाल भित्रयाउने गरेको छ । यस विषयमा नेपाल प्रहरी संगठनका प्रमुख लगायत सीमामा खटिने सशस्त्र प्रहरी बल नेपाल संगठनका प्रमुखको ध्यान पुग्न अति अवाश्यक देखिन्छ ।