https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

नरेन्द्र महताे
गाैशाला, भदौ ९ गते ।
महाेत्तरीकाे मुख्य व्यापारी सम्सी-कनहमा नाकामा कडाई गरिएकाे छ ।  

भारत सँग जाेडिएकाे नाका सम्सीबाट विना भन्सार मालसमान ल्याउनमा राेक लगाईएकाे सशस्त्र वेस क्याम्पका नवनियुक्त प्रहरी निरीक्षक कृष्ण बहादुर गुरुङ र  सम्सी अस्थाई प्रहरी पाेष्टका नवनियुक्त सई प्रवानन्द यादवले जानकारी दिएका छन ।

भारतीय बजारबाट सरसामान ल्याउँदा सर्वसाधारणहरुकाे दैनिकी उपभाेग बस्तुहरुमा कुनै राेक छेक नरहेकाे तर कुनै तस्कर र व्यापारीहरु विना भन्सार मालसमान ल्याउन पूरा प्रतिवन्ध गरिएकाे उहाँले बताउनुभयो ।

सम्सीबाट विगतमा मालसमान ओसार पाेसार गर्ने माध्यम टेप्पु रहेकाेले अबदेखि मानवकाे साधनकाे लागि मात्र टेम्पु प्रयाेग हुनेछ यसमा कुनै किसिमकाे मालसमान ढुवानी भएमा कानुन अनुसार कर्वाही हुने तर दुई चक्का वाहनमा कुनै राेक नरहेकाे प्रमुखहरुले स्पष्ट पारे ।

जुन दिन देखि यी दुबै कार्यालय प्रमुख आएका छन त्याे दिन देखि सम्सी नाकालाई पूरा कडाई गरिएकाे स्थानीय व्यापारीहरुले बताएका छन ।

यता गत महिना सम्सी भन्सारबाट अन्दाजी २५ लाखका राजस्व संकलन भएका छाेटि भन्सार कार्यालय सम्सीले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार