काेरिया, भदौ ९ गते ।
NCC द्रारा आयोजित तीजको शुभकामना आदानप्रदान तथा पत्रकार सम्मेलन कार्यक्रम सम्पन्न भएको छ ।
नेपाली सम्पर्क समिति दक्षिण कोरियाले आयोजना गरेको हरितालीका तीजको अवसरमा शुभकामना आदानप्रदान तथा छुसकमा आयोजना गरिएका कार्यक्रमहरूको जानकारी सम्बन्धी पत्रकार सम्मेलन कार्यक्रम आज सम्पन्न भएको हाे ।

दोङ्देमुन स्थित निक नेपाल ट्राभलको हलमा उक्त कार्यक्रम पहिलो र दोस्रो चरण गरी दुई भागमा गरिएको थियो भने पहिलो चरणमा औपचारिक र शुभकामना आदानप्रदान तथा छुसकमा आयोजना गर्ने कार्यक्रम सम्बन्धी पत्रकार सम्मेलन भएको थियो र दोस्रो चरणमा दर खाने कार्यक्रम सहित नाचगान गरी रमाइलोका साथ कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा सहभागी नेपाली दूतावास सउल, NRNA, प्रदेश स्तरिय संस्था, राजनीतिक, जातिय, क्षेत्रिय र जिल्लागत संघ संस्थाहरू लगाएत अन्य बुद्विजिवी, व्यवसायी, पत्रकार, समाजसेवी र उपस्थित सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरूमा संस्थाका अध्यक्ष हरिप्रसाद खनालले कार्यक्रम समापन गर्दै हार्दिक धन्यवाद व्यक्त गरेका थिए ।


