https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, भदौ ९ गते ।
सशस्त्र प्रहरीले स्रोत नखुलेको पन्ध्र लाख भारतीय रुपैयाँ सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिकहरू ३४ वर्षीय ललन कुमार र २६ वर्षीय मोहन कुमार छन् । उनीहरु वैशालीको हाजिपुर नगरका बासिन्दा हुन् ।

उनीहरूलाई आइतबार बिहान १० बजे सशस्त्र प्रहरी बल, नेपाल गुल्म जलेश्वरबाट खटिएको टोलीले मालिवडा बसपार्क इलाकामा पक्राउ गरेको हो ।

सशस्त्र प्रहरीले भारतीय सीमा पार गरी नेपाल प्रवेश गरेको बीआर ३१ एके ८८०७ नम्बरको अल्टो कार चेकजाँच गर्दा वैधानिक स्रोत नखुलेको १५ लाख २४ हजार ९ सय भारतीय रुपैयाँ बरामद गरेको छ ।

पक्राउ परेका व्यक्तिहरूलाई आवश्यक कानूनी कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय, पथलैया पठाइएको सशस्त्र प्रहरी बल, नेपाल नं ९ गण हेडक्वार्टर महोत्तरीका गणपति सशस्त्र प्रहरी उपरीक्षक विनोद केसीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार