https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, भदौ १२ गते ।
विभिन्न पार्टी परित्याग गरी महोत्तरीको औरही नगरपालिकामा ४ सय ७५ जनाले नेकपा एमाले पार्टीमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस पार्टी परित्याग गरी नेता भिखारी राय यादव (मैन्जन), मनोज यादव र जनमत पार्टी वडा ३ का वडा कमिटि अध्यक्ष गगन यादव, जनमत पार्टीका वडा ३ का सचिव मनोज यादवले एमालेलाई रोज्ने सबैको तर्फबाट नेकपा एमालेलाई यस स्थानीय तहमा अझै सशक्त बनाउँन आफ्नों पहल हुँने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

औरही नगरपालिकामा नेपाल क्युनिष्ट पार्टी एमाले पार्टीको अैारही नगर कमिटीको आयोजित पार्टी प्रवेश कार्यक्रमाम नेपाल क्युनिष्ट पार्टी एमालेका पोलिट व्यूरो सदस्य एबम महोत्तरी जिल्ला इन्चार्ज राम दयाल मण्डल,महोत्तरी निर्वाचन क्षेत्र नम्बर ४ को (क) बाट निर्वाचित मधेस प्रदेशका सांसद एवं मधेस प्रदेशका भाैतिक पूर्वधार मन्त्री सराेज कुमार यादव र नेपाल क्युनिष्ट पार्टी एमालेका महोत्तरी जिल्ला अध्यक्ष बलिराम यादवले नेपाली काँग्रेस, जसपा पार्टी, लोसपा र जनमत पार्टी छाटेर आउँनेलाई अबिर र मधेशको पहिचान गम्छा लगाएर नेकपा एमाले पार्टीमा प्रवेश गराएका हुँन् ।

नेकपा एमाले औरही नगरपालिकाको नगर अध्यक्ष रामचन्द्र महत्तोको सभा अध्यक्षतामा आयोजीत कार्यक्रममा प्रमुख अतिथिका रुपमा नेपाल क्युनिष्ट पार्टी एमालेका पोलिट व्यूरो सदस्य एवं महोत्तरी जिल्ला इन्चार्ज राम दयाल मण्डल, विशिष्ट अतिथि महोत्तरी निर्वाचन क्षेत्र नम्बर ४ को (क)बाट निर्वाचित मधेस प्रदेशका सांसद एवं मधेस प्रदेशका भाैतिक पूर्वधार मन्त्री सराेज कुमार यादव, महोत्तरी जिल्ला अध्यक्ष बलिराम यादव लगाएको सयौं नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार