गाैशाला, भदौ १४ गते ।
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगरमा एक कर्मचारीको हत्या भएको छ । नेपाल आयल निगम लिमिटेड महेन्द्रनगर डिपोस्थित एक कर्मचारीको हत्या भएको हो ।
नेपाल आयल निगम लिमिटेडका कर्मचारी राकेश वर्माको हत्या भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । आयल निगमकै दुई कर्मचारीबीच भएको आपसी झगडाको क्रममा वर्माको हत्या भएको हो । बिहीबार राति १० बजेतिर उक्त घटना भएको हो । घटनापछि फरार रहेका आरोपितलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

सरसफाइको कुरामा विवाद हुँदा वर्मामाथि बेल्चा प्रहार गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए । वर्मा नेपाल आयल निगम लिमिटेडमा ज्यालादारीका कर्मचारी थिए ।

