अजय मिश्रा
कपिलवस्तु, भदौ १७ गते ।
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ बाट यात्रीगेट बाट ईलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरी टोलीले लागु औषध चरेस जस्तो देखिने एक किलो चार सय छ्यालिस ग्राम वस्तु सहित शिवराज नगरपालिका वडा नं १ चैनपुर बस्ने ६४ बर्षिय कलिसरा पुन पक्राउ परेकी छन् ।
सोही क्रममा प्रहरीले अनुसंधान गर्दै जादा चरेस जस्तो देखिने वस्तु भारत बाट खरिद गर्न आएका रूकुम पश्चिम जिल्ला बाफिकोट गाउँपालिका वडा नं ७ बस्ने ४० बर्षिय भिमसेन खत्री भारतीय रुपयां एक लाख दश हजार सहित कृष्णनगर नगरपालिका वडा नं २ पुरानो बसपार्क बाट पक्राउ गरिएको जानकारी इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख प्रहरी निरिक्षक सुरज खत्रीले जानकारी दिएका छन् ।
पक्राउ परेका दुबै जना लाई जिल्ला अदालत कपिलवस्तु बाट म्याद थप गरि अनुसंधान भइरहेको इलाका प्रहरी कार्यालय कृष्णनगरले जानकारी गराएको छ ।