https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, भदौ १९ गते ।
नेकपा (माओवादी केन्द्र ) रामगोपालपुर नगरपालिकाका नेता तथा रामगोपालपुर नगरपालिका -२ का निर्वाचित वडा अध्यक्ष मुकेश कुमार यादवको तेर्ह्रो दिनको पुण्य तिथिमा उनको आत्माको चिरशान्तिको कामनाको लागि माओवादी पार्टीका नेताहरु मृतकको घरमा पुगेर हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन ।

गत भदौ ८ गते राति महोत्तरीको बर्दिवास-औरही सिमानामा महोत्तरीको रामगोपालपुर नगरपालिका वडा न. २ का वडा अध्यक्ष मुकेश कुमार यादवको शंकास्पद घटनामा मृत्यु भएको थियो । यादवको मृत्यु घटनाले नभएर हत्या भएको माओवादी पार्टीको नेता तथा कार्यकर्ताले भदौ १३ गते मृतक यादवको घरमा पत्रकार सम्मेलन गरि विभिन्न तथ्यहरु सार्वजानिक गरेका थिए ।

मृतक यादवको १९ गते पर्न गएको १३ औं तिथिको दिन हार्दिक श्रद्धाञ्जली अर्पण गर्न माओवादी पार्टीका मधेश प्रदेशका संसदीय दलका नेता तथा मधेश प्रदेशका पुर्व अर्थ मन्त्री भरत प्रसाद साह, अनेरास्ववियु (क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष सुर्यनारायण साह लगायत पार्टीका अन्य नेता तथा कार्यकर्ताहरु गएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार