https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

अभयकुमार राई
मोरङ – मोरङको सुन्दरहरैंचामा श्रीमान्ले मार्ने धम्की दिएपछि दुई नाबालिकालाई विष खुवाएर हत्या गरेको श्रीमती अस्मिता पौडेलले स्वीकार गरेकी छन् ।

बुधबार बिहान झापाको विर्तामोडमा भेटिएकी अस्मिता पौडेलबारे जिल्ला प्रहरी कार्यालय मोरङमा पत्रकार सम्मेलनका क्रममा दुवै नाबालिकालाई विष खुवाएको स्विकारेकी हुन् ।

पत्रकार सम्मेलनका क्रममा पौडेलले श्रीमान् अर्जुन कार्कीसँग भदौ १४ गते राति वादविवाद हुँदा रिसको अवस्थामा घटना भएको बताएकी छन् । शनिबार बिहान भएको घटनामा सुरुमा आफूले विष सेवन गरेपछि दुई नाबालिकालाई समेत विष खुवाएको बताएकी पौडेलले भनिन्, ‘सुरुमा मैले खाएँ, त्यसपछि छोरीहरूको पीर लाग्यो। जंगलमा समस्या होला भनेर उनीहरूलाई पनि खुवाएको हुँ। मलाई मेरो श्रीमान्ले धेरै मानसिक तनाव दिदै आएका थिए । सधैँ टर्चर दिँदै आएका थिए ।’

पत्रकार सम्मेलनमा श्रीमान्बाट धेरै तनाव आएपछि पौडेलले बाध्यताले छोरीहरूप्रति क्रुरता अपनाउनुपरेको गुनासो गरिन् ।
गत शनिबार बिहान सुन्दरहरैंचा नगरपालिका–७ स्थित एक केराघारी १ वर्षीया आयिंका र ३ वर्षीया अर्पणा कार्की मृत फेला परेका थिए । उनीहरूको शव नजिक कीटनाशक औषधिको एक बट्टासमेत भेटिएको थियो ।

शुक्रबार बेलुका निर्माणाधीन घरमा पानी लगाउने विषयमा श्रीमान् अर्जुन र अस्मिताबीच वादविवाद भएको खुलेको छ। सोही वादविवादका कारण अस्मिता शुक्रबार राति नै दुई छोरी लिएर घरबाट बाहिरिएकी थिइन् ।

प्रहरीले पौडेललाई बुधबार विहान करिब साढे ४ बजे झापाको विर्तामोडस्थित पूर्वपश्चिम राजमार्गमा हिडिरहेको अवस्थामा पक्राउ गरेको हो ।

अस्वस्थ्य अवस्थामा भेटिएकी पौडेललाई विराटनगरस्थित कोशी अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । प्रहरीले उनलाई कर्तव्य ज्यानसम्बन्धी मुद्दामा ४ दिन म्याद थप गरी अनुसन्धान अघि बढाएको मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार