सितल साह
सिरहा, भदौ १९ गते ।
“जनतासंग जसपाको नयाँ अभियान: ५ लाख सदस्यता र संगठन निर्माणको लक्ष्य” जनतासंग जसपा नेपालले नयाँ आधारभूत संगठन निर्माण अभियानको घोषणा गरेको छ ।
पार्टीको संगठनलाई टोल, बुथ, गाउँ/नगर/पालिका, प्रदेश/संघीय निर्वाचन क्षेत्रसम्म फैलाउन, समितिहरू गठन गर्न, सदस्यता नविकरण तथा नयाँ सदस्यता वितरण गरी पार्टीको सदस्य संख्या ५ लाखमा पुर्याउनु पर्ने मुख्य लक्ष्य राखेका छन ।
सबै स्थानीय तहको टोल, बुथ, वडा, गाउँ/नगर, प्रदेश सभा र संघीय निर्वाचन क्षेत्रसम्म संगठन सञ्चालन गर्ने। पार्टी नेता र कार्यकर्ताको सैद्धान्तिक, वैचारिक र राजनीतिक क्षमतामा वृद्धि गर्ने ।
वैचारिक रुपले वैकल्पिक र सांगठनिक रुपले मजबुत पार्टी निर्माण गर्ने। जनसरोकारका विषय र जनसमुदायका सुझावहरू संकलन गर्ने। पार्टी, नेता, कार्यकर्ता र जनताविच मैत्रीपूर्ण सम्बन्ध स्थापना गर्ने। पार्टी सदस्यहरूको तथ्याङ्क संकलन गर्दै क्षेत्रीय अवस्थाको यथार्थ जानकारी प्राप्त गर्ने ।
पार्टीमा उत्पन्न हुने अन्तरविरोधको पहिचान गरी समाधानको पहल गर्ने। पार्टीका विचार र सिद्धान्तलाई आम जनतामाझ लोकप्रिय बनाउने। पार्टी मुद्दा, विचार र सिद्धान्तलाई बहसको विषय बनाउने। पार्टी अनुशासन र विधि प्रणालीको अभ्यास गराउँदै टोल/बुथ समिति गठन गर्ने। पार्टी सरकारमा हुँदा गरेका राम्रा कामहरूको प्रचार प्रसार गर्ने र नराम्रो काम भए जनाउने। पार्टीबाट चोईटिएर गएका स्वार्थी तत्वहरूले फैलाएका भ्रमलाई खारेज गर्दै उत्पीडित समुदायको नेतृत्वमा रहेका पार्टीको वास्तविकता प्रस्तुत गर्ने उदेश्य रहेकाे बताएका छन ।
यो अभियानले पार्टीको संगठनात्मक आधारलाई बलियो बनाउने, सैद्धान्तिक रुपमा विकसित गर्ने र आम जनतासँगको सम्बन्धलाई सुमधुर बनाउने लक्ष्य राखेको सिरहा जिल्लाका बिद्यार्थी नेता उमेश साहले जानकारी गराए ।