जनकपुरधाम, भदौ १९ गते ।
जनता समाजवादी पार्टी, नेपालका समाजवादी नेता प्रदेश सांसद रामअशिष यादवले मंगलेश्वरनाथ महादेव मन्दिर हठिपुरका परिकल्पनाकार समाजसेवी डा. सत्यनारायण यादवको प्रथम पुन्य स्मृति दिवसमा हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन ।
धनुषा शहिदनगर नगरपालिका को हठिपुरस्थित मंगलेश्वरनाथ महादेव मन्दिर परिसरमा आयोजित श्रद्धाञ्जली सभामा प्रदेश सांसद यादव समाजसेवी स्व डा यादव को तस्बिरमा फुलमाला अर्पण गरि श्रद्धाञ्जली व्यक्त गरेका छन ।
सो अवसरमा श्री बिलट किसुन आधारभूत विधालयका प्राधानाध्यापक राजदेव ठाकुर,डा निरन्जन कुमार गोईत, डा बुधराम यादव ,डा लक्ष्मीनारायण गोईत सहित स्थानीयबासीहरुले हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन ।
कृषि विज्ञ समेत रहेका शहिदनगर नगरपालिका वार्ड नं ६ हठिपुर निवासी समाजसेवी डा ,स्व सत्यनारायण यादवको गतवर्ष अमेरिकामा ह्रदयघात भैई अल्प आयुमा निधन भएको थियो ।
पर्या पर्यटन को विकास र सनातन धर्म को संरक्षण गर्न उदेश्यले समाजसेवी डा यादवले आफ्नो नीजि करोडौं रुपैया खर्च गरेर हठिपुरमा अदभूत विशाल मंगलेश्वरनाथ महादेव को मन्दिर निर्माण गरेका छन,साथै समाजसेवी डा स्व सत्यनारायण यादव को पिता को सहयोगमा हठिपुरमा बिलट किसुन आधारभूत विधालयको समेत स्थापना गरिएको छ ।