https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

रौतहट, भदौ २० गते ।
रौतहटका पत्रकार ओम प्रकाश यादवको गाडी रोकेर लुटपाट गर्न खोज्ने दुई जनालाइ प्रहरीले पक्राउ गरेको छ ।

रौतहटको गरुडा कटहरिया कलैया सडकखण्ड अन्तर्गत राती राती अत्यधिक मदिरा सेवन गरी यात्रु थर्काउने दुईजना मानिसलाई प्रहरीले पक्राउ गरेको छ ।

पत्रकार ओम प्रकाश यादवको मौखिक गुनासो तथा जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेको निर्देशनमा ईलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख सई शिवशंकर शर्माको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

कटहरिया बजार भन्दा पश्चिम कटहरिया कलैया सडकखण्डको लालबकैया नदीको पुल छेउमा माछा मार्दैगरेको अवस्थामा वडा नम्बर ५ का रामचन्द्र सरभङको छोरा बर्ष २८ को प्रभु सरभङ र बीरेन्द्र महरा चमारको छोरा वर्ष २० को सुनिल महरा चमारलाई बुधबार राती साढे ११ बजे पक्राउ गरी ईलाका प्रहरी कार्यालय गरुडा पठाएको थियो ।

एसपी घिमिरेले पक्राउ परेका दुवैजना माथी अभद्र ब्यवहार मुद्दा चलाइने बताएका छन् ।

सरभङ र चमार संगै ५/६ जना युवाहरुको समुहले लालबकैया नदीको पुल छेउमा राती राती माछा मार्ने र उक्त बाटो भएर आउने जाने यात्रुको मोटरसाईकल रोकेर बिभिन्न बहानामा थर्काउने र लुटपाट गर्ने गरेको पत्रकार ओम प्रकाश यादवले बताएका छन् ।

दुईदिन अघिमात्र फतुवा बिजयपुरबाट फर्किने क्रममा पुल नजिकै उनीहरूको समूहले म चढेको मोटरसाईकल रोकेर लुटपाट गर्न खोजेको पत्रकार यादवले बताएका छन् ।

पछी एउटा चार पाङ्ग्रे गाडी आएपछि उनीहरूले आफूलाई मुक्त गरेको उनले जानकारी दिएका छन् ।

१०० मीटर टाढा हुँदा नै प्रहरीको जस्तो टर्च लाईट देखाएर उनीहरूले मोटरसाईकल रोकेको थियो । हात हातमा लाठी डण्डा हेरेर निकै डर लागेको थियो। पछि एउटाले भन्छ सुर्ति देउ अर्कोले भन्छ गुट्खा देउ सबै रक्सी खाएर मातिएको छ के गर्नु कसरी उम्किनु गाह्रो भएको थियो पत्रकार यादवले गुनासो गरेका छन् ।

एकजना पत्रकार यादव लाई मात्र नभई उनीहरूको गिरोहले पछिल्लो एक महिना देखि युक्त बाटो भएर बेलुकी आउने जाने दर्जनौं मानिसलाई थर्काउने गाली गर्ने दुर्व्यवहार गर्ने गरेको कटहरिया ५ का रबिन्द्र प्रजापतिले बताएका छन् ।

हाल दुवैजना ईलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा रहेको तथा मुद्दा चलाउने तयारी भईरहेको प्रहरीले जनाएको छ ।

उनीहरूको गिरोहमा अरु कोको छन् त्यसबारे थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

पक्राउ परेका सरभङ कटहरिया नगरपालिका ५ का एकजना वडा सदस्यको छोरा रहेकाले उनीहरुलाई छुटाउन केही जनप्रतिनिधि तथा केही राजनीतिक दलका नेताहरुले चलखेल गरिरहेको स्रोतले जनाएको छ ।

तर प्रहरीले कुनै हालतमा उनीहरुलाई नछोड्ने अडान लिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार