https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

कलैया, भदाै २० गते ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बिहीबार साँझ प्रादेशिक अस्पताल कलैयाकाे आकस्मिक निरीक्षण गरेका छन् ।

प्रदेशका विभिन्न प्रादेशिक अस्पतालहरूमा बिरामीकाे उपचारमा लापारबाही भइरहेकाे जनगुनासाेपछि मुख्यमन्त्री सिंहले केही दिनयता सरकार मातहतका अस्पतालमा छड्के निरीक्षण थालेका हुन् ।

साेही क्रममा एउटा कार्यक्रममा सहभागी हुन वीरगन्ज पुगेका मुख्यमन्त्री सिंह बाराकाे कलैयास्थित प्रादेशिक अस्पतालमा छड्के अनुगमन गरेका छन् ।

छड्के अनुगमनक्रममा उनले बिरामीकाे उपचारमा हेलचेक्रयाइँ नगरी संवेदनशीलता अपनाउन चिकित्सक, स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीलाई निर्देशन दिए ।

उनले उपचारमा गरिने ढिलासुस्ती सह्य नहुने भन्दै प्रादेशिक अस्पतालहरूमा उपचार कार्यलाई व्यवस्थित एवम् प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेकाले त्यसअनुसार नै अस्पतालकर्मीकाे व्यवहार हुनुपर्ने बताए ।

मुख्यमन्त्री सिँहले स्वास्थ्याेपचारका लागि खटिने कार्य सामान्य जागिरमात्र नभएर सामाजिक उत्तरदायित्व पनि भएकाले नियमित र पूरा समय काम गर्न अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीलाई निर्देशन दिए ।

मुख्यमन्त्री सिंहले अस्पतालका आकस्मिक कक्ष, अन्तरङ्ग कक्षलगायतका विभाग अनुगमन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार