रामहृदय यादव
जनकपुरधाम, भदौ २१ गते ।
जनता समाजवादी पार्टी ९जसपा० नेपालको मधेस प्रदेश समितिको विस्तारित बैठक बस्ने भएको छ । प्रदेश समितिले भाद्र २३ गते जनकपुरधाम प्रदेशस्तरीय विस्तारित बैठक बस्ने जनाएको छ ।
पार्टीको विधिविधान र केन्द्रको परिपत्रअनुसार बैठक बोलाइएको प्रदेश अध्यक्ष बालकिशोर प्रसाद यादवले जनाएको छ । उनले भने, ‘पार्टीको केन्द्रीय समितिको निर्देशनअनुरुप बैठक बोलाइएको छ, सबैलाई उपस्थित आग्रह गर्दछु ।’

उनका अनुसार बोलाइएको विस्तारित बैठकमा केन्द्रीय समितिबाट तोकिएको अनुगमन वा सहकर्ता, केन्द्रीय अभियन्ता, प्रदेश कार्यकारिणी र समितिका सम्पूर्ण सदस्य, जिल्ला समितिका अध्यक्ष र प्रदेशस्तरका सम्पूर्ण जनसङ्गठनका अध्यक्ष वा प्रतिनिधिहरुको सहभागीता रहनेछ ।
बैठक बिहान ११ः४५ बजे रमनटावर जनकपुरधाममा बस्ने जनाइएको छ ।

