https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

दिनेश्वर महताे
गाैशाला, भदौ २१ गते ।
महाेत्तरीमा निर्धन उत्त्थान लघुवित्त बित्तिय संस्था लि.को संस्थापक डा. हरिहर देव पन्तको पुण्य तिथिमा लघुउद्यमी/व्यवसायी श्रीमती रिता कुमारी देवीलाई लघु उद्यमशील पुरस्कार नगद रु. ५० हजार सहित सम्मान पत्र प्रदान गरिएको छ ।

महाेत्तरीकाे गाैशाला नगरपालिका अन्तर्गत संचालित निर्धन उत्त्थान लघुवित्त बित्तिय संस्था लि.को गाैशाला शाखाले लघु उद्यमशीलताको क्षेत्रमा कार्य गर्ने लघुउद्यमीहरुको मनोवल बृद्धि गरी हौसला प्रदान गर्न यस संस्थाद्वारा सञ्चालित डा. हरिहर देव पन्त लघु उद्यमशील पुरस्कार कार्यक्रम अन्तर्गत मधेश प्रदेशबाट सर्वोत्कृष्ट लघुउद्यमी/व्यवसायी गाैशाला नगरपालिका ४ स्थित विर्ता कि श्रीमती रिता कुमारी देवी राउतलाई यस वर्षको डा. हरिहर देव पन्त लघु उद्यमशील पुरस्कार नगद रु. ५० हजार सहित सम्मान पत्र प्रदान गरिएको हाे ।

पुरस्कार तथा सम्मान पत्र गौशाला नगरपालिकाका नगर प्रमुख डा. दिपेन्द्र महताेकाे प्रमुख अतिथि तथा निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका क्षेत्रीय शाखा प्रमुखद्वारा संयुक्त रुपमा नगद रू. ५० हजार तथा सम्मान-पत्र प्रदान गरिएको थियो । रिता कुमारी देवी राउतलाई शुभकामना तथा बधाई समेत दिएका थिए ।

नेपाल केन्द्रीय बैंक (नेपाल राष्ट्र बैंक – NRB) का तत्कालीन वरिष्ठ अधिकारी डा. हरिहर देव पन्त, ग्रामीण बैंक, बंगलादेश भ्रमण गरेका थिए । उक्त भ्रमणले उनलाई नेपालमा लघुवित्त कार्यक्रम सञ्चालन गर्न प्रेरित गरेको थियो । जसअनुसार उहाँले नेपालमा निर्धन उत्थान लघुवित्त बित्तिय संस्था लि.को स्थापना गर्नुभएको थियोे । संस्थापक डा. हरिहर देव पन्तको पुण्य तिथिमा हरेक वर्ष, हरेक क्षेत्रमा पुरस्कार तथा सम्मान पत्र प्रदान गर्दै आइरहेको छ ।

नेपालमा लघुबित्तको माध्यमबाट गरिबि न्युन गर्न सकिन्छ भनि बंगलादेशमा डा. मोहमद युनुसले सफलरुपमा संचालन गरेको ग्रामिण बैकिङ्ग पद्धती नेपालमा भित्राउने, लघुत्रित्तको जन्मदाता तथा नेपाल सरकारबाट लघुबित्तको पिताको रुपमा सम्मानित डा. हरिहरदेव पन्तले २०४९ सालबाट नेपालमा निर्धन नामक संस्थाबाट लघुवित्तको बिजारोपण गर्नुभएको थियो । हाल नेपालमा ५४ वटा लघुवित्तबाट लगभग ६० लाख महिला सदस्यहरु प्रत्यक्षरुपमा लाभान्बित छन । भने निर्धन उत्थान लघुबित्तले मात्र २०८१ श्रावण मसान्त सम्म ७७ जिल्लामा १८५ वटा शाखा कार्यालयहरु मार्फत कुल ४ लाख भन्दा बढि सदस्यहरुलाई लघुवित्तले दिने सेवाहरु कर्जा, बचत, बिमा र विप्रेशणका सेवा दिई रहेको छ । यसका अलवा संस्थाले आफना सदस्यहरुलाई गैर बित्तिय सेवाहरु पनि समय समयमा दिई राखेको छ ।

गैर बित्तिय सेवा अर्न्तगत :-
१. विभिन्न कारणले अति प्रभाबित भएका रिणी सदस्यलाई व्यवसाय पुनर्स्थापना अनुदान सहयोग गर्ने समेत गरेको छ ।
२. सुत्केरि पोषण खर्च : प्रति सदस्य रु.२,००० का दरले १५९३ जनालाई गरेको छ ।
३. दैबी तथा प्राकृतिक प्रकोप सहयोग तथा राहत : प्रति सदस्य रु.३,००० देखि ६,००० का दरले ७१४ जनालाई ।
४. छात्रवृति प्रदान : प्रत्येक शाखाबाट प्रत्येक वर्ष २ जनालाई रु.१०,००० का दरले ३३५ जनालाई ।
५. गर्भीर रोग अनुदान सहयोग : प्रति ग्राहक सदस्य तथा निजका छोरा छोरी र अभिभावकहरुलाई रु.१०,००० का दरले २९३ जनालाई ।
६. सदस्य तथा निजका अभिभावकहरुको बिमा क्षतिपुर्ति : १८७४ जनालाई ।
७. सदस्य तथा निजका अभिभावकहरुलाई सिप विकास तथा लघु उधमशिलता सम्बन्धित तालमि : ५११ वटा ।
८. बिधालय अनुदान कार्यक्रम :
९. बित्तिय साक्षरता कार्यक्रम तथा बित्तिय सन्देशको कार्यक्रम : १४३४ जनालाई ।
१०. केन्द्र प्रमुख कार्यशाला गोष्ठि १५० जनालाई ।
११. आर्थिक पत्रकारिता पुरस्कार : रु १ लाख
१२. लघु उधमशिलता पुरस्कार : रु.५० हजार ।

यसै सन्दर्भमा निर्धन संस्थाले बिगतका वर्षहरुमा जस्तै यस वर्ष पनि वित्तिय तथा गैरबित्तिय सहयोगबाट आर्थिक तथा सामाजिक अवस्थामा सुधार गर्न कार्यहरू गरिरहेका छन् । सातै प्रदेशका ७७ जिल्लामा अवस्थित शाखा कार्यलयहरुबाट एक-एक जना गरि १८५ जना महिला उधमिहरुको वास्तबिक स्थितीहरु संकलन गरि सो को आधारमा सातै प्रदेशबाट १/१ जना उत्कृष्ट लघुउद्यमी/व्यवसायीलाई छनौट गरि Dr. Harihar Dev Pant Micro Entrepreneurship Award वितरण गर्दै आईरहेकाे आयोजकले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार